अलमुताईरीविरुद्ध खेलाडीको विद्रोह

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षणमा रहेकामध्ये ९ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीविरुद्ध विद्रोह गरेका छन् । प्रशिक्षकको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ९ खेलाडीले अलमुताईरीविरुद्ध विद्रोह गरेका हुन् ।

प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सिनियर खेलाडीले एन्फालाई जानकारी नै नगराएर प्रशिक्षण छाडेर बाहिरिएका हुन् । एन्फाले आसन्न एसिया कप छनोटका लागि खेलाडीलाई त्रिपुरेश्वरस्थित एक होटलमा राखेको छ ।

सुरुवातमा राष्ट्रिय टिमका सिनियर खेलाडी रोहित चन्दले प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको भन्दै असन्तुष्टि पोखेका थिए । प्रशिक्षणको क्रममा राम्रो बस्ने, खाने व्यवस्था नभएको भन्दै उनले प्रशिक्षकसँग गुनासो गरेका थिए । खेलाडीको गुनासोसँगै एन्फाले त्रिपुरेश्वरस्थित एक होटलमा खेलाडीलाई राखेको थियो । खेलाडीले समेत दशरथ रंगशालामा नियमित प्रशिक्षण गर्न थालेका थिए ।

आफ्नो सुविधाका विषयमा सिनियर खेलाडीले आवाज उठाएपछि प्रशिक्षकसँग सिनियर खेलाडीको दूरी बढेको हो । प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहित चन्दले सुरुवातमा क्याम्पबाट बिदा लिएका थिए । चन्दले बिदा लिँदा प्रशिक्षकले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको भन्दै अन्य सिनियर खेलाडीले समेत होटल छाडेर हिँडेका छन् । इन्डोनेसियामा निरन्तर लिग खेलिरहेका रोहित यसपटक एसियन कप छनोटका लागि सुरुवातदेखि नै क्याम्पमा रहेका थिए ।

उनले टोलीको तयारी’bout सामान्य प्रश्न गर्दा नै अलमुताइरीले असन्तुष्टि जनाएको बुझिएको छ । त्यसपछि प्रशिक्षणमा सहभागी हुन गएका रोहितलाई क्याम्प छोड्न भनेपछि अन्य खेलाडीले प्रशिक्षणपश्चात् अलमुताइरीसँग छलफल गरेका थिए । प्रशिक्षक अलमुताइरी आफैंले मंगलबार सामाजिक सञ्जालमा हालेको भिडियोमा पनि रोहित छैनन् । प्रशिक्षकले अन्य खेलाडीलाई पनि क्याम्प छोड्न सक्ने बताएपछि सिनियर खेलाडीले क्याम्प छाडेका हुन् । खेलाडीलाई आफ्नो निहित स्वार्थका लागि प्रयोग गर्ने स्वभावका कारण अलमुताइरी आलोचित थिए ।

खेलाडीलाई होच्याउने, देशलाई कमजोर र नकारात्मक तरिकाले प्रस्तुत गर्ने अलमुताइरीको स्वभाव रहँदै आएको खेलाडीको गुनासो थियो । एन्फा स्रोतका अनुसार रोहितसँगै ९ जना खेलाडीले क्लोज क्याम्प छाडेको पुष्टि गरे । स्रोतका अनुसार क्याम्प छाड्नेमा रोहितसँगै सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामालगायत खेलाडी बुधबार टोलीसँग थिएनन् ।

एन्फा नेतृत्वलाई खेलाडीले यस’bout जानकारी दिएको स्रोतले जानकारी दियो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले यस’bout प्रशिक्षकसँग छलफल गर्ने बुझिएको छ । त्यसो त प्रशिक्षक अलमुताइरी विवादमा आएको यो पहिलोपटक होइन । यसअघि पनि एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगको विवाद तथा त्यसपछि पटकपटक अन्य सिनियर खेलाडीसँग उनको तिक्तता रहेको फुटबल वृत्तमा चर्चा थियो ।

उनले पटकपटक एन्फा नेतृत्वलाई राजीनामा दिने बताउँदै पनि आएका छन् । साफ च्याम्पियनसिपपछि त उनले नेपाल नै नफर्कने समेत बताएका थिए । तर, त्यसको केही सातामा नेपाल आएर उनले सम्झौता नवीकरण गरेका थिए । पछिल्लो घटनाले भने एन्फा नेतृत्वलाई नै विवाद सुल्झाउन दबाब पर्ने देखिन्छ । समर्थकमाझ निकै चर्चामा रहेका अलमुताइरीले पटकपटक दिएको सार्वजनिक अभिव्यक्तिका कारण खेलाडी असन्तुष्ट रहेको पनि बुझिएको छ ।

यस्तै, उनले यसअघि नेपाली प्रशिक्षक’bout दिएको अभिव्यक्तिलाई लिएर पनि सामाजिक सञ्जालमार्फत प्रशिक्षक अलमुताइरीले बाहिरिएका खेलाडीको स्थानमा अन्य नयाँ खेलाडीलाई क्याम्पमा समावेश गर्न पनि सम्पर्क थालिसकेको एन्फा स्रोतले जानकारी दियो । यद्यपि, एन्फा नेतृत्वले भने यस’bout यकिन जानकारी नआइसकेको बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको छत्रकोट र सत्यवतीमा एमाले विजयी