धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए (भिडियाेसहित)

धनगढी । आसन्न स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको नगरप्रमुखको लागि स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी गोपाल हमालले आफूले चुनाव जिते एक रुपैयाँ पनि भ्रष्टाचार नगर्ने भन्दै मन्दिरमा क्रिया खाएका छन् ।

आज बिहीवार धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा गएर आफूले नगरप्रमुखमा जिते एक रुपैयाँँ पनि भ्रष्टाचार नगर्ने भन्दै क्रिया खाएका हुन् ।

आफूलाई धनगढीले सब थोक दिएको त्यसको बदलामा आफूले धनगढीलाई केही गर्नुपर्छ भनेर गुन तिर्न नगरप्रमुखमा उम्मेदवारी दिएको हमालले बताए । हमालले यसअघि नगरप्रमुखमा जिते नगरपालिकाबाट कुनै पनि सेवासुबिधा नलिने घोषणा गरिसकेका छन् ।

आफ्नो विषयमा विपक्षले बजारमा अनेकन हल्ला खासगरी हमालले जिते लाख होइन सिधै करोडौं भ्रष्टाचार गर्छ भनेर अफवाह फैलाएपछि आफूले आस्था राख्ने मन्दिरमा आएर सार्वजनिकरूपमा एक रुपैयाँँ पनि भ्रष्टाचार नगर्ने कसम (क्रिया) खाएको हमालको भनाइ छ ।

हमाल यसअघि २०७४ को स्थानीय चुनावमा पनि स्वतन्त्रबाट धनगढीको नगरप्रमुखमा उम्मेदवारी दिएर झिनो मतले पराजित भएका थिए । हमाल सफल व्यवसायी तथा सुन्दर सुदूरपश्चिमका अभियान्ता हुन ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
मकवानपुरको ३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक (सूचीसहित)