कैलालीको लम्कीमा दुई मेयर र एक सदस्यको उम्मेदवारी रद्द


टीकापुर । कैलालीको लम्की–चुहा नगरपालिकाकामा नगरप्रमुख पदमा उम्मेदवारी दिएका दुई जनाको उम्मेदवारी रद्द गरिएको छ । नेपाली कांग्रेसका तर्फबाट सो नगरपालिकामा नगरप्रमुखमा उम्मेदवारी दिएका दुई जनामध्ये सुशीला शाहीको उम्मेदवारी कायम गरी भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरिएको छ ।

नेपाली कांग्रेसले दुई जनामध्ये सुशीला शाहीलाई नै आधिकारिक उम्मेदवार बनाएर पठाएकाले थापाको उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृत हिरालाल चौधरीले जानकारी दिए ।

यस्तै नेकपा (माओवादी केन्द्र) का तर्फबाट सो नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका पार्टीगत रुपमा आधिकारिक नभएपछि रद्द गर्नुपरेको चौधरीले बताए । सो नगरपालिको खुला सदस्यका एक उम्मेदवारको पनि उम्मेदवारी रद्द भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन मतले हारेपछि एमालेले गर्याे पुन: मतगणनाकाे माग, मतगणना स्थगित