तिलोत्तमामा गठबन्धनको प्रतिबद्धतापत्र : भ्यू टावर नबनाउने


बुटवल । भ्रष्टचारमुक्त तिलोत्तमा नगर भन्ने मुल मन्त्रसहित रुपन्देहीको तिलोत्तमामा गठबन्धनले प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ । यहि बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्र सार्बजनिक गरेको हो ।

नगरमा प्रमुखका उम्मेदबार रामकृष्ण खाँण र उपप्रमुखका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त प्रतिबद्धता पत्र सार्बजनिक गर्दै गठबन्धनका उम्मेदवारलाइ मतदान गर्न आव्हान गरे । प्रतिबद्धतापत्रमा आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा,सीप बिकास,सञ्चार प्रविधि,युवा खेलकुद ,कृषिक्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग ब्यापार तथा पर्यटन, रोजगारी सिर्जनालाइ प्राथमिकतामा राखिएको छ ।
हालको करको दायरा फराकिलो बनाइ यो भन्दा अगाडिको तिलोत्तमा नगर सरकारले लगाएको एकीकृत सम्पती करमा ५० प्रतिशत घटाइने र जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिइने नगरप्रमुखका उम्मेदवार रामकृष्ण खाँणले बताए ।

एकीकृत सम्पती करमा ५० प्रतिशत छुट
उद्योग व्यवसायको बक्यौता करमा ५० प्रतिशत छुट

त्यस्तैगरी अव्यवस्थित तथा सुकुम्बासी बस्तीलाइ व्यवस्थित बनाइ ५ वर्ष भित्र सबैलाई लालपुर्जा वितरण गरी तिलोतमा नगरको भूमीहिन समस्या पूर्णरुपमा निवारण गरिने उनको भनाइ छ । त्यस्तै वैदेशिक रोजगारीमा रहनु हुने तिलोत्तमा नगर भित्रका नागरिकहरूले नगरभित्रका बैंकहरुमा डलर पठाएमा प्रति १ हजार डलरमा रु. १ हजार थप गरी भुक्तानी दिने व्यवस्था मिलाइने जनाइएको छ । उम्मेदवार खांणले जनताबाट उठाएको करले सालिक, गेट, स्तम्भ भ्यू टावर बनाउने र उपहार शुभकामना भोज भतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइने बताए । कार्यालयमा आफ्नो काम गराउन आउने नागरिकका लागि सहायता कक्ष र सेवाग्राही विश्राम स्थल बनाइने उनको भनाइ छ । नगरमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरिने जनाइएको छ ।

उम्मेदवार खाँणको प्रतिबद्धतापत्रमा हालको तिलोत्तमा नगरपालिकाको भवनलाई तिलोतमा नगर अस्पतालमा रूपान्तरण गरिने उल्लेख छ । नगरका प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीको गुणस्तर वृद्धि गरिने र हरेक वडामा अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ ।

तिलोतमाबासीको नागरिकतालाई स्वास्थ्य सुरक्षा आधार पत्र मानी असहारा स्वास्थ्य सेवा उपलब्ध गराइने र गर्भवती महिला स्वाहार सम्भार र पोषण व्यवस्था गरी सुत्केरी भत्ता उपलब्ध गराउदै तिलोतमा नागरिक सस्तो औषधी पसल सञ्चालन गरिने सार्बजनिक गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

अध्ययन संगसगै स्व आर्जन प्राविधिक क्याम्पस संचालन गरिने छ । सम्पूर्ण सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गरिने योजना छ । नगरका सामुदायिक विद्यालयको विद्युत तथा खानेपानी महशुल नगरपालिकाले नै बुझाउने समेत प्रतिबद्धतामा समेटिएको छ ।
नगरका सरकारी जग्गा संरक्षण र सहि उपयोग गर्ने तर कुनै प्रकारले अतिक्रमण गर्न र कसैलाई भोगाधिकार नदिइने प्रतिबद्धता गरिएको छ ।

रुपन्देहीको तिलोत्तमामा कृषि क्षेत्रलाइ प्रमुख प्राथमिकता दिइएको छ । नगरमा एक वडा एक हाट बजार कृषि उत्पादन खरिद बिक्री योजना लागू गरिने संयुक्त प्रतिबद्धता पत्रमा उल्लेख छ ।

भौतिक तथा पूर्वाधार विकासमा पनि चासो दिइएको छ । तिलोतमा नगरपालिका भित्र विद्युतीय बस सेवा संचालन गरिने योजना छ । तिलोत्तमामा नेकपा एमालेले पनि घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । एमालेवाट सो पालिकाका मोहन चापागाई प्रत्यासी रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 468 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी