पोखराको मेयरमा कांग्रेसका २ बागी उम्मेदवार फिर्ता, एकजनाको कायमै

पोखरा । नेपाली कांग्रेसबाट पोखरा महानगरपालिका प्रमखमा बागी उम्मेदवारी दिएकामध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अर्का एक जनाले भने उम्मेदवारी कायमै राखेका छन् ।

आगामी स्थानीय तह निर्वाचनका लागि गत वैशाख १२ मा मनोनयन दर्ता गराएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

गठबन्धनबाट प्रमुखमा नेकपा (एकीकृत समाजवादी) तर्फबाट मनोनयन दिएका धनराज आचार्यप्रति असन्तुष्ट रहँदै सापकोटा र तिवारीले बागी उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी फिर्ता लिएका सापकोटाले एउटै पार्टीबाट ३ जना उम्मेदवार लड्दा सन्देश राम्रो नजाने भएकोले फिर्ता लिएको प्रतिक्रिया दिए ।

तिवारीले पाँचदलीय गठबन्धनले नै अब प्रजातन्त्र जोगाउन र मुलुकको निर्माणका लागि उम्मेदवारी फिर्ता लिएर सघाएको बताए । काँग्रेसबाटै विमल कार्कीको पनि पोखराको मेयरमा उम्मेदवारी परेकामा उनले तोकिएको समयभित्रमा उम्मेदवारी फिर्ता लिएनन् ।

केन्द्रीय गठबन्धनबमोजिम गण्डकी प्रदेशमा समेत गठबन्धनका शीर्षनेताले आफ्ना बागी उम्मेदवारको मनोनयन फिर्ता दिनुपर्ने निर्देशन जारी गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 351 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी