बाँकेमा ७७ जनाले गरे उम्मेदवारी फिर्ता

नेपालगञ्ज । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा बाँकेका ८ वटै स्थानीय तहबाट विभिन्न पदमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ७७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

नेपालगञ्ज उपमहानगरपालिकामा १४, कोहलपुर नगरपालिकामा १६, राप्तीसोनारी गाउँपालिकामा १२, खजुरा गाउँपालिकामा १२, डुडुवा गाउँपालिकमा पाँच, जानकीमा ७, बैजनाथमा ७ र नरैनापुरमा ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

खास गरी राजनीतिक दलतर्फ गठवन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले) लगायतका दल र स्वतन्त्रबाट प्रमुख, उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य लगागको पदमा परेको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृतका विभिन्न कार्यालयहरुले जनाएका छन् ।

निर्वाचन कार्यालय जानकीका निर्वाचन अधिकृत बासुदेव शर्माले दिएको जानकारी अनुसार बाँकेको जानकी गाउपालिकाबाट अध्यक्षमा १, उपाध्यक्ष १, वडा अध्यक्ष ३ जना र २ जना वडा सदस्य गरी ७ जनाले आफ्नो उम्मदवारी फिर्ता लिएका छन । फिर्ता लिने सबै स्वतन्त्र उम्मेदवार हुन् ।

बाँकेकै बैजनाथ गाउपालिकालका निर्वाचन अधिकृत टेकबहादुर थापाले दिएको जानकारी अनुसार बैजनाथमा ७ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बैजनाथमा अध्यक्ष १, वडा अध्यक्ष ४ र २ जना वडा सदस्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

यसैगरी डुडुवा गाउपालिकाका निर्बाचन अधिकृत फटिकराज मुडभरीले दिएको जानकारी अनुसार ५ जना स्वतन्त्र उम्मेदवारले फिर्ता लिएका छन । डुडुवामा उपाध्यक्ष १, वडाअध्यक्ष ४ जनाले फिर्ता लिएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाबाट १४ जना विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले जानकारी दिए । उनले दिएको जानकारी अनुसार मेयरमा १, उपमेयरमा १, वडा अध्यक्षमा ६, सदस्य महिला ३, दलित महिला सदस्य १ र खुला सदस्य २ गरी १४ जना रहेका छन् ।

नेपालगञ्जबाट फिर्ता लिने उम्मेदवार मध्ये ६ जना स्वतन्त्र रहेका छन भने बाँकी मेयर राजमोबाट, उपमेयर माओवादी केन्द्रबाट, वडा अध्यक्ष र सदस्यहरु एकीकृत समाजबादी, लोकतान्त्रिक समाजबादी पार्टी नेपालबाट रहेका छन ।

कोहलपुर नगरपालिकामा रहेका १६ मध्ये एक जना प्रमुख, ५ वडाध्यक्ष अन्य सबै वडा सदस्य रहेको निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए । प्रमुख काँग्रेसका बिद्रोही उम्मेदवार ह्ुन ।

यसैगरी राप्ती सोनारी गाउँपालिकामा १२ मध्ये ८ जना स्वतन्त्र र चार विभिन्न राजनीतिक दलका उम्मेदवार रहेको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । तीमध्ये तीन वडाध्यक्ष, एक महिला सदस्य र आठ वडा सदस्य छन ।

खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारका अनुसार खजुरामा १२ मध्ये तीन वडाध्यक्ष र ९ वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन ।

बाँकेका ८ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वटा वडाअध्यक्षका लागि २ हजार ३२९ ले उम्मेदवारी दर्ता गराएका थिए । बाँकेका आठ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वडा अध्यक्षका लागि २ हजार ३२९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

जिल्लामा कुल मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन । सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवदेनशील मतदानस्थलन छन । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल यसपटक निर्वाचनमा सहभागि भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 450 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीमा चार स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी