आमोई ! बोलीचालीमा प्रयोग हुने शब्द । ‘आमोई’ हामी सबैका थिए, छन् र हुने छन् । बाकी आमा र आमाकी आमा हजुरआमा । हजुरआमा नै ‘आमोई’ हुन् । ‘आमोई’ भन्नेबित्तिकै मुजा परेको गाला, मिठाई र मायाआँखै अगाडि झलक्कै आउँछ । मेरी आमोईको सम्झनाले ‘नोस्टाल्जिक’बनाउँछ । आमोईले दिने मिस्री र त्यसको रसझैं गुलियो मायाले आँखा रसाउँछन् । आमोई बितेको पनि २९ वर्ष भइसकेछ । २९ वर्षपछि ‘समय रेखामा आमोई’उपन्यासमा यति धेरैपटक आमोई भन्न पाएको छु ।
नेपाली बृहत् शब्दकोषमा‘आमोई’ शब्द कतै छैन । शब्दकोषमा ‘आमै’ लेखिएको छ । यही आमैलाई गोपाल सञ्जेलले उपन्यास ‘समय रेखामा आमोई’मा समेटेका छन्् । समयक्रममा आमोईका भूमिका र चरित्र केलाएर सञ्जेलले औपन्यासिक लेखनमार्पmत पाठकसमक्ष ल्याएका हुन् । हालै उनले लेखेको ‘समय रेखामा आमोई’ उपन्यास साझा प्रकाशनले बजारमा ल्याएको छ ।
गोपाल सञ्जेल नेपाली साहित्यमाजत्तिकै राजनीति र समाजसेवामा पनि परिचित छन्् । २०२६ सालमा ललितपुर इकुडोलमा जन्मेका सञ्जेलले स्नातकोत्तरसम्मको अध्ययन सकाएका छन्् । २०४९ र २०५४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा इकुडोल गाविस अध्यक्ष पदमा दुवैपटक निर्वाचित सञ्जेलले एक कार्यकाल गैरसरकारी संस्था महासंघ ललितपुर अध्यक्षको भूमिकासमेत निर्वाह गरे ।
‘अन्धकार’मा रहेको दक्षिण ललितपुरलाई उज्यालो पार्ने अभियानका अभियन्ता सञ्जेलले ग्रामीण विद्युत सहकारी संस्था लि.को नेतृत्व सम्हालिसकेका छन्् । यही सहकारीले दक्षिण ललितपुरका तत्कालीन १९ गाविसलाई विद्युतीकरणको नेतृत्व गरेको छ । यहाँका नागरिक सहकारीको सहजीकरणमा बिजुली बालिरहेका छन्् ।
१०औं पुस्तक ‘समय रेखामा आमोई’ सञ्जेलको दोस्रो उपन्यास हो । उनले यसअघि द्वन्द्वकालीन कथालाई ‘बिस्मात्’ उपन्यासमा समेटेका थिए । त्यस्तै संयुक्त लेखनमा ‘अयोग्य’ लघु उपन्यास बजारमा ल्याइसकेका छन्् । प्रजातन्त्र स्थापनाको आन्दोलनमा होमिएका सञ्जेलको कलम २०४६ सालको परिवर्तनसँगै सक्रिय भएको पाइन्छ । उनको पहिलो कृति ‘उज्यालो बाटोतिर’ कविता संग्रह २०४८ मा प्रकाशन भएको थियो । त्यसयताका ३० वर्ष उनका १० वटा र सहलेखनमा एउटा गरी ११ पुस्तक बजारमा आइसकेका छन्् । कविता, गजल, हाइकु, निबन्ध र उपन्यासका माध्यमबाट जनताका बोली टपक्क टिपेर पाठकसमक्ष प्रस्तुत गरेका छन्् । उनको लेखनमा स्थानीय लबज र परिवेश प्रायः छुट्दैनन् ।
दुई तीन वटा युगको त्रिवेणीका रूपमा आमोईमा कथावस्तु समेटिएका छन् । ३१ उपखण्डमा कथा प्रस्तुत गरी उपन्यासलाई पूर्णता दिइएको छ । आमोई र नातिनीबीचको संवादमा संरचित उपन्यासले एक शताब्दीको समयक्रम ऐनामै हेरेझैं छ्यांगै पारेको छ । उपन्यासमा भूगोल र सामाजिक अवस्था चित्रण गरिएको छ । भूगोलका हिसाबले ललितपुरको ‘कर्णाली’ उपमा पाएको इकुडोल प्राकृतिक सौन्दर्यका हिसाबले अनुपम छ । तामाङ भाषामा ‘इकु’को अर्थ ‘मलसाँप्रो’ हुन्छ । ‘मलसाँप्रो’ धेरै पाइने र लुक्ने डोल भएकाले ‘इकुडोल’ नाम रहन गएको बूढापाकाको कथन छ । इकुडोलमा जन्मिएका सञ्जेलको उपन्यास इकुडोल’roundकै परिवेशमा घुमेको छ । उपन्यास पढ्ने पाठकले दक्षिण ललितपुर फन्को मार्न पाउने छन्् । सञ्जेलले समय रेखामा आमोई उपन्यासमा भाषिक रूपमा ‘काँठे आञ्चालिकता’ प्रयोगमा ल्याएका छन्् । उपन्यासमार्पmत यहाँको संस्कृति, परम्परा, रितिरिवाज, शिक्षा, आमोईकालीन समयमा प्रयोगमा रहेका सरसामान र भाषा उजागर गरिएको छ । उनले ‘समय रेखामा आमोई’मा राजनीति, न्याय र स्थानीय सामाजिक तथा भौतिक विकासका विषय कथानक चित्रण गरी औपन्यासिक रूप दिएका छन्् ।
चौंठो, गरियो, खुर्पेटो, घुम, डोको, डालो, कोदालो थाहा नपाएका युवापुस्ताले आमोई बुझेपछि त्यसको भेउ पाउन सक्छन्् । आमालाई ‘ममी’ र आमोईलाई ‘आमा’ भन्ने पुस्ताका लागि यो उपन्यास पठनीय त छँदै छ, संग्रहनीय पनि छ । इतिहास जीवन्त राख्न ‘समय रेखामा आमोई’ उपन्यास सफल हुनेमा आशा गर्न सकिन्छ ।
‘गौरुङको घट्टाँपिँध्यापीठा स्वादै बेग्लै हुनी । मसिनो तर एकनासको । घर पुगुन्जेलतातै हुनी । मुडीहाते बाक्लो घट्ट थ्यो । ओईरो पनि ठुलै खानी । साँचो काठ बसालेर पिँध्या खस्रो मसिनु आफै मिल्नी † खोलाटोलाँ खुबै नाम चल्या । जहिले निउसकै घट्टाँभारीको भीड । कैलेकाहीँ त राति नि लाल्टिन बालेर घट्ट चल्याचल्यै † सँगैको बज्रबारी साइँला तल्लो घट्ट खालीको खाली † डुँड छोटो भर घट्ट सन्न घुम्न नसक्नी । पीठा सार र स्वादै नदिनी । फेरि कसैलाई पनि नबिझाउनी । मुकैको ज्यालाबाटै प्रशस्ती कमाउँच भन्थे । सीप निउस्तै, जाँगर निउस्तै † अरुको नि घट्ट गौरुङ कान्छानि घट्ट !’
उपन्यासमा प्रयोग गरिएका यस्ता भाषा र त्यसमा समेटिएका विषयवस्तु’bout युवापुस्ताले एकैपटक बुझ्न कठिन पर्न सक्छ । तर, झर्रो नेपाली शब्द प्रयोगमा ल्याइएको उपन्यासले पाठकलाई रोचकता प्रदान गर्नेमा द्विविधा छैन ।
शताब्दी बिताएकी आमोईलाई मुलपात्र बनाएर लेखिएको उपन्यासका अन्य जीवन्त पात्र अहिले पनि यताउति भेटिन्छन्् । उपन्यासमा उतारिएको कथा, कथामात्रै नभएर वास्तविकता भएकाले विषय पनि जीवन्त लाग्छन् । समग्रमा ‘समय रेखामा आमोई’ले ग्रामीण परिवेशमा उभिएर संसार चिहाउन खोजेको पाइन्छ ।
लेखक सञ्जेलले टेक्ने धरातल र चियाउन खोजेको संसारबीच तालमेल मिलाएका छन्् । ललितपुर कुपण्डोल र त्यहीआसपासको क्षेत्रमात्रै बुझेका पाठकलाई तिनपाने भञ्ज्याङले सीमा कोरेको छ । उपत्यकाभित्र र बाहिरको ललितपुरको कथा तथा परिवेश उपन्यास चलचित्रभैmं लाग्छ । पुस्तान्तरण सूत्रबद्ध गरी जीवन्त कथाका माध्यमबाट जोड्ने काम उपन्यासले गरेको छ ।