धनगढी उपमहानगरमा त्रिपक्षीय प्रतिष्पर्धा


टीकापुर । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिकामा प्रमुख पदमा त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ । नगरप्रमुखका लागि तीन स्वतन्त्रसहित १० जना र उपप्रमुखमा ७ जनाको उम्मेदवारी परेकोमा मुख्यतया सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका निबर्तमान नगरप्रमुख नृपबहादुर वड, नेकपा (एमाले) का रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार व्यावसायी गोपाल हमालबीच प्रतिष्पर्धा देखिने भएको हो ।

नगरप्रमुख वड पाँच वर्षमा गरेका काम जनतामा लगेर चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द पाँच वर्षमा काँग्रेसले धनगढीको विकास गर्न नसकेको भन्दै नगरको समग्र विकासका लागि नयाँ घोषणापत्र सार्बजनिक गरेर प्रचारप्रसार अभियानमा जुटेका छन् ।

दोस्रो कार्यकाल पनि प्रमुखमा दोहरिन चाहेका स्वतन्त्र उम्मेदवार गोपाल हमाल ‘हामी बनाउँछौं हाम्रो धनगढी’ भन्ने अभियानका साथ चुनावी मैदानमा होमिएका छन् । उनले आफू धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा विजयी भए सेवा सुविधा नलिएर जनताको सेवामा खटिने सार्बजनिक रुपमा अभिव्यक्ति दिइसकेका छन् । अघिल्लो पटकको हारबाट पाठ सिक्दै यसपटक जित निकाल्ने रणनीतिका साथ हमाल चुनाव केन्द्रित कार्यक्रममा व्यस्त छन् ।

आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार वडलाई स्वतन्त्र उम्मेदवार हमाल चुनौती बन्ने यहाँका मतदाताको आँकलन छ । वड, हमालबीचको प्रतिष्पर्धा हुँदा आफ्नो जित सुनिश्चित गर्न प्रमुख प्रतिपक्ष एमालेले नयाँ रणनीति अपनाउँदै चुनावी प्रचाप्रसारमा घरदैलो कार्यक्रमलाई प्राथमिकता दिन थालेको छ ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा जस्तो राजनीतिक समीकरण यसपाली छैन । धनगढीमा सत्ता गठबन्धनका सहयात्री दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन छ । गठबन्धन भएकाले गठबन्धनतर्फका उम्मेदवारले सहज जित हासिल गर्नेमा आफू ढुक्क रहेको वड आशावादी छन् ।

वडा तहमा कांग्रेसको वर्चस्वसगै माओवादी केन्द्र र समाजवादीको मत थपिने भएकोले ८० प्रतिशत मत ल्याएर विजयी हुने नगरप्रमुखका उम्मेदवार वडको दाबी छ । यसपटक सत्ता गठबन्धनका उम्मेदवार वड, एमालेका चन्द र स्वतन्त्रका हमालले आफू जित्ने दाबी गरिरहेका छन् । अघिल्लो निर्वाचन जस्तो यसपाली हुँदैन् जनताले काम गर्ने व्यक्ति खोजेकोले आफू जित्ने कुरामा ढुक्क भएको हमालले बताए । ‘त्यसबेला पुग्न नसकेको ठाउँमा यसपाली लामो समयदेखि मतदाताको घरमा भेटघाट गर्न जाँदा सकारात्मक सुझाव पाएको छ’ु, उनले भने ।

उता एमाले अहिले पहिलो बन्ने लक्ष्यसहित चुनावमा होमिएकाले यसपटक आफूहरु जित्ने नगरप्रमुख पदका उम्मेदवार रणबहादुर चन्दको दाबी छ । गठबन्धन निहित स्वार्थका लागि बनेका कारणले जनताको काम गर्न नसकेकोले यसपटक एमालेले धनगढीमा जित्ने चन्दको भनाइ छ । गठबन्धनमा असन्तुष्टि छ र कांग्रेसले जनतामाँझ गरेका बाचा पुरा नगरेका कारण आफ्नो पार्टीले जित्नेमा ढुक्क भएको उनले बताए ।

०७४ को चुनावमा कांग्रेसका उम्मेदवार वडलाई जित्न हम्मेहम्मे परेको थियो । प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हमालले कांग्रेसका वडलाई कडा टक्कर दिएका थिए । वडले १४ हजार ३ सय २४ मत ल्याएका थिए भने हमालले ११ हजार ५२७ मत ल्याएर उपबिजेत विजेताका थिए ।

माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार २ सय ९ मत ल्याएर तेस्रो, एमालेका उम्मेदवार दुर्गा जोशीले ९ हजार ९ सय ४६ मत ल्याएर चौथो भएका थिए । १९ वडा रहेको धनगढी उपमहानगरमा २०७४ मा नेपाली काँग्रेसले १२, माओवादीले ५ र एमालेले २ वडा मात्रै जितेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)