रामधुनी । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा रामधुनी नगरपालिकामा कांग्रेस बाट मेयरका उम्मेदवारी दिएका सुदीप अधिकारीले ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
ग्रामीण क्षेत्रबाट विकासको शुरुवात गर्ने अवधारणाका साथ सवै ग्रामिण वस्तीहरुमा सडक, सञ्चार, खानेपानी, इन्टरनेट, विद्युत लगायतका पूर्वाधारको विकास गरी स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्न आफ्नो उम्मेदवारी रहेको संचारकर्मी संग उनले बताए ।
आज सम्म राजनीतिक दलले तयार पारेका घोषण पत्रमा रामधुनी नगर बासीको हक हितमा काम गर्ने भनेर घोषण गर्ने गरेका तर निर्बाचन पछि कुनै पनि काम नगरेकाले नगरबासी आजित भएकाले गर्दा आफूले जिते त्यसलाई सुधारेर अघि बढ्ने उनले बताए ।
मेयरको उम्मेदवार अधिकारीले करको विद्यमान दायरालाई फराकिलो बनाउँदै रामधुनीको विकासमा संघ र प्रदेशसँग सहकार्य गरेर ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्ने बताए ।
अधिकारीले पाँच वर्षमा रामधुनीमा अस्पताल, शिक्षा क्षेत्रमा सुधार, विपन्न समुदायका बालबालिकालाई शिक्षामा सहज पहुँच, खाली जग्गाहरूमा बिभिन्न संरचना निर्माण, रामधुनी मन्दिरको प्रचारप्रचार, बिभिन्न जातिको धार्मिक तथा संस्कृतिको सङ्ग्रहालय निर्माण र ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणामा आफ्नो जोड रहने बताए ।