मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी


काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मौन अवधिमा दुई छिमेकी मुलुक भारत र चीनको सीमा क्षेत्रबाट हुन सक्ने चुनावी प्रचार रोक्न कूटनीतिक तहबाट पत्राचार गर्ने भएको छ । मौन अवधिमा चुनावी प्रचार रोक्ने चुनौतीबीच सीमापारीबाट हुन सक्ने गतिविधि रोक्न निर्वाचन आयोगले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक तहबाट पत्राचार गरिदिन पत्र पठाइसकेको छ ।

सीमा क्षेत्रबाट प्रचार हुन सक्ने आँकलन गर्दै चुनावी प्रचार रोक्न सरकारले कूटनीतिक च्यानलमार्फत पत्र पठाउन लागेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सीमाक्षेत्रबाट हुन सक्ने चुनावी प्रचार रोक्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाइसकेको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवारको पक्ष वा विपक्षबाट हुन सक्ने गतिविधि रोक्नुपर्ने देखिएको जनाएको छ । अब केही दिनमै परराष्ट्र मन्त्रालयले आयोगको आग्रहअनुसार दुई छिमेकी देशलाई कूटनीतिक पत्र पठाउनेछ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार निर्वाचन आयोगको पत्र आइसकेकाले छिट्टै दुई देशको दूतावासमार्फत निर्वाचन प्रचार रोक्न आग्रह गर्न लागेको छ ।

हाल सीमावर्ती जिल्लाका स्थानीय तहका कतिपय प्रतिनिधिले नेपालबाट मात्रै नभई विद्युतीय सञ्चारमाध्यम र पत्रपत्रिकाबाट समेत प्रचार गर्ने गरिरहेका छन् । भाषागत रूपमा पनि सीमावर्तीका स्थानीयको रहनसहन मिल्ने भएकाले नेपाल र भारत दुवै ठाउँबाट प्रचारप्रसार गर्ने गर्छन् । सो प्रचारप्रसार निर्वाचन आयोगले मानेको मौन अवधिमा समेत राजनीतिक दलका उम्मेदवारले गतिविधि जारी राख्न सक्नेछन् । प्रविधिको उच्चतम प्रयोगका कारण पनि सीमाक्षेत्र र विदेशबाट समेत प्रचारप्रसारको गतिविधि हाल तीव्र गतिमा भइरहेको छ ।
चीन क्षेत्रको सीमावर्ती क्षेत्रबाट चुनावसँग गतिविधिको प्रचार कमै मात्रै हुने गरेको पाइए पनि भारतको सीमावर्ती क्षेत्रबाट रेडियोबाट विगतमा प्रचार गरेको पाइएको थियो । निर्वाचनको अवधिभर सीमाक्षेत्र बन्द गर्ने स्थापित अभ्यास भए पनि अहिले प्रविधिको प्रयोग गरेर सीमाक्षेत्रमा रहेको स्थानीय तहका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने गरेको पाइएको छ ।

नेपाल र भारतबीच १८५० किलोमिटर लामो खुला सीमा छ । भारतका सिक्किम, पश्चिम बंगाल, बिहार र उत्तराखण्ड गरी पाँच राज्यसँग नेपाल जोडिएको छ । उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसँग नेपालको १ हजार ४ सय १४ किलोमिटर नियन्त्रित सीमा छ ।
चुनावको अघिल्लो दिनबाट ७२ घण्टे सीमा नाका बन्द गरिने स्थानीय तहको निर्वाचनअघि ७२ घण्टाका लागि दुई छिमेकी मुलुकको सीमा नाका बन्द हुनेछ । हालसम्म रूपन्देही, कपिलवस्तु र नवलपरासीका प्रशासनिक तथा सुरक्षा अधिकारी र भारतको उत्तर प्रदेशका अधिकारीबीच ३० वैशाखको निर्वाचनअघि सीमा नाका बन्द गर्ने सहमति भइसकेको छ । अब केही दिनमै देशभर उत्तरी चीन र दक्षिणी भारतसँग सीमावर्ती जिल्लाको प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीको बैठक बसेर निर्वाचनको मौन अवधिदेखि सीमा नाकाबाट आवातजावत बन्द गर्ने तयारी गरिरहेका छन् ।

एक साताअघि मात्रै नेपालको सिरहा र भारतको मधुवनी जिल्लाका सुरक्षा अधिकारीको एक बैठकले ३० वैशाखमा नेपालमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द गर्ने निर्णय लिइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको लक्ष्मीनियामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी