ललितपुरमा निर्वाचन आचारसंहिता उल्लंघन

ललितपुर । प्रमुख राजनीतिक दलहरूले निर्वाचन आचारसंहिताविपरीत सार्वजनिक स्थानमा राखेका झन्डा हटाउन अटेरी गरेका छन् । कांग्रेस, एमाले, माओवादी, राप्रपालगायतका दलले चुनाव चिह्न अंकित झन्डा हटाउन अटेरी गरेका हुन् ।

ललितपुरमा अन्य दलको तुलनामा कांग्रेसको चारतारे झन्डा र रूख चिह्न सार्वजनिक स्थानमा टाँगिएको पाइएको छ । गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको हो ।

गोदावरीको वडा नम्बर १२ ठेचोमा रहेको कान्ति लोकपथको सडकको छेउछाउमा रहेका बिजुलीको पोल र सार्वजनिक स्थानमा कांग्रेसले चारतारे झन्डा र रूख चिह्न टाँगेको पाइएको छ । गोदावरीको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत शारदा रिजालले आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गरिने बताइन् । उनले अनुगमनपश्चात् मात्र अगाडिका प्रक्रिया’bout भन्न सकिने बताइन् ।
गोदावरीमा कांग्रेसबाट मेयरका उम्मेद्वारका रूपमा गजेन्द्र महर्जन रहेका छन् ।

यसैगरी, ललितपुर महागरपालिकामा पनि सार्वजनिक स्थानमा कांग्रेस र राप्रपाले पार्टीका झन्डा राखेका छन् । उनीहरूले पनि सुनाकोठीमा रहेको मुख्य सडकको छेउछाउमा रहेको विद्युतीय पोल र सार्वजनिक स्थानमा पार्टीको झन्डा राखेका छन् । कांग्रेसका चिरीबाबु महर्जन यहाँ मेयरको उम्मेद्वारका रूपमा रहेका छन् ।

यसरी सार्वजनिक स्थानमा झन्डा राख्न नपाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आचारसंहिताविपरीत सार्वजनिक स्थानमा झन्डा राखिएको पाइएमा कारबाही हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । ‘उजुरीहरू आइरहेका छन्,’ उनले भने, ‘हामीले उजुरीको सम्बोधन गरिरहेका छौं ।’

निर्वाचन ऐन २०७३ को दफा २२ अनुसार सार्वजनिक स्थानमा दलको झन्डा राख्न निषेध छ । परेका उजुरीमा कारबाही नहुने गुनासो’bout आयोगका प्रवक्ता पौडेलले चेतावनी दिनु पनि कारबाही हुने बताएका छन् ।

‘सुरुमा आचारसंहिता उल्लंघन भए चेतावनी दिनु पनि कारबाही नै हो,’ उनले भने, ‘देशभरका ७ सय ५३ वटै निर्वाचन अधिकृतका कार्यालयमा आचारसंहिता उल्लंघनका घटना आइरहेका छन् ।’

आयोगसँग कहाँ कति आचारसंहिता उल्लंघन भए भन्ने यकिन तथ्यांक भने छैन । आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्ने जिम्मेवारी तत्कालका लागि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भीडन्त हुने