निर्वाचन सम्बन्धी टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याउनेलाई ५० हजार पुरस्कार !


काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।

३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ ।

आयोगका अनुसार टिकटक बनाएपछि २९ वैशाखभित्र फेसबुक, युटयुब, टिकटकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने र सेयर गर्नुपर्नेछ ।

यसअघि एमालेलगायत केही राजनीतिक दलहरूले पनि पार्टीको निर्वाचन प्रचारसम्बन्धी उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्र्ने जनाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 323 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सा गाउँपालिकामा कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष निर्वाचित