एमाले आर्थिक समृद्धि खोजिरहेको छ : अध्यक्ष ओली


चुरे/मकवानपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हेटौंडामा नयाँ औद्योगिक क्षेत्रको स्थापना र व्यवस्थापन गर्दै आर्थिक समृद्धिको पहल गर्ने बताएका छन् ।

औद्योगिक क्षेत्रको विकास र विस्तार कसरी गर्ने, कहाँ कहाँ संभावना छ एमालेले खोजि रहेको उनले बताएका हुन् । एमालेले हेटौंडामा आयोजना गरेको चुनावि आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमाले सरकार देशको आर्थिक समृद्धिको खोजिमा रहेको भन्दै उनले यस्तो बताएका हुन् ।

गठबन्धनको सरकारले आर्थिक अवस्था नाजुक भएको भन्दै सातामा २ दिने बिदा दिन सुरु गरेको सन्दर्भमा ओलीले एमाले नेतृत्व सरकारमा आएपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रीत गर्ने बताएका हुन् ।

आसन्न स्थानीय तहको निर्वाचनपछि एमाले सरकार नेतृत्वमा आउँदा गठबन्धनको सरकार हुँदा जस्तो आर्थिक समस्या नहुने उनले बताए । नेकपा एमालेका अध्यक्ष ओलीले गठबन्धनले फेरी पनि चुनाव भाँड्ने षड्यन्त्रण गरिसकेको समेत बताए । आसन्न स्थानीय तहको निर्वाचनको लागि पार्टीले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“गठबन्धनले चुनाव हुन नदिएर २ महिना पछाडी धकेलिएको हो, फागुनमा सकिन्थ्यो चुनाव, अब फेरी हार्ने डरले षड्यन्त्र सुरु भएको छ” उनले भने ।

गठबन्धनको सरकारले भोटको लागि चुनावि आचारसंहिता लागेपछि अरबौको स्वास्थ्य सामग्री किनेको उनको आरोप छ । उनले व्यङ्ग्य गर्दै भने “गठबन्धनको सरकारले पनि काम गरेको छ नि जता हेरेनी मन्त्री, झण्डा, र मन्त्रालय छन् कत्ति विकासै विकास छ” हेर्नुस् त । हेटौंडाको आमसभामा पार्टी प्रवेश गरेका नेताहरुलाई स्वागत गर्दै उनले भने “मन्त्रीको सिक्रीले बाँधेकोले धेरै कार्यकर्ताहरु अहिले एमालेमा आउन चाहेर पनि बाँधिएका छन्, ति केही दिनमा आउने छन्, हामी स्वागत गर्नेछौ ।”

काँग्रेसले आफ्नो घोषणा पत्रमा पार्टी सभापति शेरबहादुर देउवाको नाम ८ ठाँउमा प्रतिपक्ष पार्टीको अध्यक्षको नाम ४२ ठाउँमा लेखेको भन्दै उनले भने “काँग्रेसले पनि जता हेरे पनि एमाले मात्रै देखिरहेको छ ।” उनले नेपाली काँग्रेसको देश बनाउने नीति नै नभएको बताउँदै भने “एमालेलाई गालि गर्ने र धारेहात लगाउने मात्रै नीति छ उसको, एमालेले प्रतिपक्षलाई गालि गर्दैन, हामी देश बनाउने योजना बनाउनमै व्यस्त छौं ।”

उनले आसन्न स्थानीय तहको चुनाव सामान्य नभएको उद्घोष गर्दै भने “यो चुनाव भनेको नेपाल जोगिने र नजोगिने भन्ने लडांइ हो, सामान्य चुनाव हैन, अहिले नेपालमा २ मात्रै पार्टी भएको त्यो एमाले र गठबन्धनमात्रै हो, देश जोगाउन एमालेभन्दा बाहेक अर्को पार्टी छैन ।”
नेकपा एमालेको शक्ति देखेर सात्तो गएपछि ५ दलले स्थानीय तहको चुनावमा समेत गठबन्धन गरेको उनले बताए । “एमालेसँग लड्नको लागि अरु पार्टी पनि भए गठबन्धनमा जान मैले गृह जिल्लामै भन्दिएको छु” उनले भने “हामी जनताको विश्वासमा बोकेर हिडेका छौ, दलीय गठबन्धन बाँधेर हैन ।”

“आज हु इज केपी ओली भन्नेहरुलाई बैशाख ३० पछिको जनमतले भन्ने छ, हु इज केपी ओली ?” उनले भने “हामी माथिको प्रश्नको उत्तर जनताले दिने विश्वास हामीले गरेका छौ, हामी पार्टी र नेतालाई प्रश्न गर्दै हिड्दैनौ ।”

उनले मेडिकल क्षेत्रमा धेरै काम गर्ने बाँकी रहेको र एमालेले योजना बनाएको समेत बताए । आमसभामा उनले हेटौंडाको राजमार्ग विस्तारको सवालमा प्रसंग पनि उठाउन भ्याए । हेटौंडामा ४ दशक देखि विवादमा रहेको राजमार्ग विस्तारको ’boutमा एमालेसँग स्पष्ट धारण भएको र हेटौंडाबासीलाई एमालेले न्याय गर्ने उनले बताए । विकास र सुशासनको लागि एमाले सँधै जनताको पक्षमा रहेको उनको दाबि थियो ।

हेटौंडाको समुचित विकासमा आफू सचेत रहेको उनले बताए । हेटौंडाको सुकुम्बासीको लागि गठबन्धनको सरकारले घात गरेको उनले बताए । “एमाले सरकारले घरबासको व्यवस्था गर्न ठिक्क परेको बेला जनताको बलमा हैन, अदालतको बलमा स्थापित भएको परमादेशको सरकारले जनतालाई धात गरेको हो” उनले भने । “अब परमादेशको जवाफ जनादेशले दिनेछ” उनले भने /

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्