धुर्कोटमा एमाले–माओवादीबीच चुनावी सहकार्य

गुल्मी । धुर्कोट गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी सहकार्य भएको छ । दुवै पार्टीका गाउँ कमिटी अध्यक्षले शनिबार साँझ विज्ञप्ती जारी गर्दै चुनावी सहकार्य गरेको जानकारी गराएका हुन् । सम्झौताअनुसार गाउँपालिका अध्यक्षसहित दुइवटा वडामा माओवादीले वडाध्यक्षका उम्मेदवार उठाएको छ ।

त्यस्तै प्रत्येक वडामा कम्तिमा दुइवटा वडा सदस्य माओवादीले उठाएको माओवादी केन्द्रका गाउँकमिटी अध्यक्ष गोपाल कुवँरले जानकारी दिए । माओवादीको भागमा वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ४ जैसिथोकमा वडाध्यक्षको उम्मेदवार उठाएको छ । एमालेले गाउँपालिका उपाध्यक्षसहित पाँचवटा वडामा वडाध्यक्षका उम्मेदवार उठाएको छ ।

एमालेले वडा नम्बर २, ३, ५, ६ र ७ मा वडाध्यक्षको उम्मेदवार उठाएको छ । सहमतिअनुसार प्रत्येक वडामा एमालेका पनि कम्तिमा दुईजना वडा सदस्यका उम्मेदवार रहेको एमाले गाउँकमिटी सचिव सूर्य घिमिरे बताए । माओवादीले गाउँपालिका अध्यक्षमा भुपाल पोखरेललाई उम्मेदवार बनाएको छ । पार्टीले पोखरेललाई दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार बनाएको हो ।

त्यस्तै एमालेले सीता गिरीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । केन्द्रमा सत्ता संचालन गरिरहेका पाँच दलबीच गठबन्धन गर्ने भनिएपनि धुर्कोटमा काँग्रेस र माओवादीले अध्यक्षको उम्मेदवारमा अडान राखेपछि एमाले–माओवादीबीच चुनावी सहकार्य भएको हो । माओवादीबाट उम्मेदवार भएकामध्ये पालिका अध्यक्षबाहेक अन्य उम्मेदवारहरु सूर्य चिन्हबाट निर्वाचनमा भाग लिनेछन् ।

तालमेल भएसँगै एमालेबाट अध्यक्ष, माओवादीबाट उपाध्यक्ष एवम् वडाका अन्य आवश्यक उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । चुनावी सहकार्य गर्ने पहिलेदेखि नै सहमति भएपनि सत्ता गठबन्धनले गर्दा सार्वजनिक गरेका थिएनन् । उम्मेदवारी फर्ता लिने समय सकिएसँगै दुवै दलले संयुक्त कार्यक्रम गर्न सुरु गरेका छन् । धुर्कोटमा सत्ता गठबन्धनबाट काँग्रेसबाट महेन्द्र भण्डारी अध्यक्ष एवम् एकीकृत समाजवादीबाट चन्द्र सुनार उपाध्यक्षका उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन महत्वपूर्ण चरणमा