कैलालीमा बागी उम्मेदवारी दिनेमाथि गठबन्धनले गर्यो कारबाही


धनगढी । कैलालीमा तीन दलीय गठबन्धनले बागी उम्मेदवारी दिने माथि कारबाही गर्ने निर्णय गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि तीन दलीय गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्त रुपमा यस्तो निर्णय गरेका हुन् ।

सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै तीन दलीय गठबन्धनले पार्टीका सदस्य तथा नेता, कार्यकर्ता रहेर पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरूमाथि कारबाही गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

यही वैशाख ११ गते बसेको बैठकमा भएको समझदारी अनुरूप उम्मेदवारी फिर्ता लिने समय अपुग भएको ठाउँमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन निरन्तर रहेको कुरा सम्पूर्ण कार्यकर्ता बिच जानकारी गराएको गठबन्धनले नेकपा एकीकृत समाजवादी चुरे गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार कृष्ण कुमार खत्री, नेपाली काँग्रेसले कैलारी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राज समझ चौधरी, जोशीपुर गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार किरण चौधरी र नेकपा माओवादी केन्द्रका चुरे गाउँपालिका अध्यक्ष पदका उम्मेदवार टेक बहादुर रजबार, उपाध्यक्ष पदका उम्मेदवार डिला सिजापतिलाई आधिकारिक उम्मेदवार नरहेको बताएको हो ।

यस्तै, नेकपा माओवादी केन्द्रकै कैलारी गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मी सत्गौवा थारु, गोदावरी नगरपालिकाका मेयर पदका उम्मेदवार विक्रम विश्वकर्मा र उप प्रमुख रिमा खड्का पनि आधिकारिक उम्मेदवार नभएको जनाएको छ ।

गठबन्धन दलहरूको निर्णय अनुरूप नै आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियता पूर्वक गठबन्धन दलका उम्मेदवारहरूलाई पालिका तहमा सघाउन अपिल गरेको छ भने राष्ट्रिय जनमोर्चा नेपाल र जनता समाजवादी पार्टी सँग वडा तहमा मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
समाजवादीले टुंगो लगायो उम्मेदवार