एमालेबाट एकदिनकाे टिकट पाएका भुवन केसी कांग्रेस प्रवेश


काठमाडाैं । आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा भुवन केसी, श्वेता खड्का, रवीन्द्र खड्कालगायतका कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई आज पार्टी प्रवेश गराएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कलाकार नीर शाहलगायत सहभागी थिए।

झलनाथ खनाल अध्यक्ष हुँदा एमाले प्रवेश गरेर एक दिनका लागि काठमाडाैं क्षेत्र नं १ बाट प्रतिनिधिसभा सांसदकाे टिकट समेत पाएका केसी राजनीतिक गतिविधीमा त्यती सक्रिय छैनन । एमालेकै सहयाेगमा कलाकार संघकाे अध्यक्ष भएका रबिन्द्र खड्काले स्थानिय निर्वाचनमा पनाैती नगरपालिकाकाे मेयर दावी गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 454 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पामा निर्वाचन टोली मतदानस्थमा खटिदै