सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको झण्डै साढे १२ लाख रुपैयाँसहित दुई भारतीय पक्राउ

बारा । बाराको परवानीपुर गाउँपालिका ३ बाट सशस्त्र प्रहरी बलको टोलीले स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत घर बताउने ४० वर्षीय इनामोल र २५ वर्षीया इशा आलम छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस जितपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमान्डमा रहेको एपीएफ टोलीले निजहरुलाई सो रुपैयाँसहित पक्राउ गरेको हो ।

बीआर०५जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा सो रुपैयाँ फेला पारेको र सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि उल्लेखित रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

उल्लेखित व्यक्ति र ६० हजार रुपैयाँ कायम भएको सवारी साधन र रकम आइतवार वीरगंज भन्सार कार्यालयमा बुझाइएको बाराका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुबेदीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कोशी सरकारविरूद्धको रिटको आज सुनुवाइ हुँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयनको पहिलो दिनः साढे ११ हजारको उम्मेदवारी