भरतपुरमा गठबन्धनको प्रतिबद्धतापत्र : विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म


चितवन । चितवनको भरतपुरमा सत्ता गठबन्धनले मंगलबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उमेदवारी दिएका छन् । उनीहरुले भरतपुरमा एक कार्यक्रमका बीच आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि भरतपुर महानगरको मेयर र उपमेयरमा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो । यसपाली पाँच दल मिलेर गठबन्धन बनेको छ । पाँच दलीय गठबन्धनको भरतपुर महानगर समितिले प्रतिबद्धता पत्र तयार गरेको हो ।

महानगरको लगानीमा कक्षा १ मा भर्ना हुने छोरीहरुलाई लक्षितगरी ‘छोरी शैक्षिक बिमा’ कार्यक्रम सञ्चालन गर्ने र यसले २० वर्षसम्मको शिक्षा र स्वास्थ्य बीमा हुने महत्वाकांक्षी योजना राखिएको छ । उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार र गरीब विद्यार्थीलाई सहुलियतपूर्ण ऋण र अनुदानको व्यवस्था गरिने उल्लेख छ ।

कृषिमा आधारित विद्युत खर्चमा ५० प्रतिशत अनुदान र कृषि पेशमा संलग्न प्रत्येक किसानको पहिचान र वर्गीकरण गरी किसान पेन्सनको व्यवस्था गरिने उनीहरुको प्रतिबद्धतनामा जनाइएको छ ।

भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित भएपछि पहिलो वर्षमा प्रत्येक वडाका ५० जना युवालाई कृषि, पर्यटन, वन तथा उद्योग क्षेत्रमा रोजगारी सिर्जना गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । दोस्रो वर्षदेखि प्रत्येक वडामा कम्तिमा सय जनालाई स्वरोजगार बनाइने दाबी गरिएको छ ।

खेलकुदतर्फ प्रत्येक वर्ष महानगर स्तरिय महिला खेलकुद महोत्सव आयोजना गरिने बताइएको छ । खेलकुद विकासको लागि खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने, आवास विहिनलाई बहुतले भवन बनाई एकिकृत बस्ती विकास गर्ने र प्रत्येक घरधुरीलाई विद्युतीय चुलोमा ८० प्रतिशत अनुदान दिने महत्वाकांक्षी योजना राखिएको छ ।

त्यस्तै, ६० वर्ष नाघेका दलितलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था, ज्येष्ठ नागरिक र परिवार विहिनहरुका लागि संरक्षण गृह निर्माण गर्नेलगायतका योजनाहरुलाई प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् एमालेबाट पोखरामा टिकट पाएका वडाध्यक्षका उम्मेद्‌वारहरू