काठमाडौं । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । हरेक दिन बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो ।
केवलकार स्टेसन रहेको सेतीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको सो कम्पनीले जनाएको छ । केवलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४:२५ मा फिस्टेल गेट, ४:३० मा आम्बोट गेट, ४:३५ मा गौरीघाट, ४:४० माबाराही चोक, ४:४५ मा सेन्टरपोइन्ट र ४:५० मा हल्लनचोकबाट टस्टेसनसम्म लैजानका लागि बस पुग्नेछ ।
यसैगरी, केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्नका लागि यस्तो सुविधा प्रदान गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ«ेलगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहने पर्यटकका लागि यो सुविधा प्रदान गर्न लागिएको अन्नपूर्ण केवलकार कम्पनीले जनाएको छ ।