पत्रकारको भूमिका गरेपछि पीडा बुझे कार्मले

काठमाडौं । बिश्व प्रेस स्वतन्त्रताको दिन नेपाली चलचित्रका अभिनेता कार्म (महेश शाक्य)ले पत्रकारिता पेशा सहज नभएको बताएका छन् । मंगलबार राजधानीसँग कुरा गर्दै उनले अझ अपराध विटमा काम गर्ने पत्रकारहरुको जीवन त झनै जोखिममा हुने गरेको बताए ।

उनी यसपटक पत्रकारको रुपमा पर्दामा प्रस्तुत हुँदैछन् । यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘षटकोण’मा उनले अपराध विटमा रिपोर्टिङ गर्ने पत्रकारको भूमिका निर्वाह गरेका छन् । सोही कारण विश्व प्रेस स्वतन्त्रता दिवसको दिन उनले पत्रकार बन्दाका अनुभव र पत्रकारको अबस्था’bout आफ्नो अनुभव राजधानीसँग बाँढेका हुन् ।

सो चलचित्रमा आफुले काम गर्नका लागि पत्रकारहरुसँग सँगत गर्दाको अनुभव सुनाउँदै यी अभिनेताले भने,‘केही समय मैले एकजना क्राईम बिटका पत्रकारसँग सँगत गरेँ । प्रहरीसँग निकटता सम्बन्ध राख्नु परे पनि बेला बेलामा विभिन्न व्यक्तिहरुको धम्की आएको देख्दा मलाई उहाँहरुको जीवन साह्रै नै जोखिम जस्तो लाग्यो ।’ कुनै पनि समय घटना स्थलमा रिर्पोटिङको लागि पुग्नु पर्ने भएकाले ड्युटीका लागि पत्रकार तयारी अबस्थामा रहनु पर्ने महसुस आफुले गरेको पनि उनले बताए ।

चलचित्र सानो संसार, लुट, कबड्डी देखि अहिलेसम्म दुई दर्जन चलचित्रमा काम गरिसकेका महेशले यसपटकको आफ्नो भूमिका यो चलचित्रमा केही फरक भएको बताए,‘षटकोण आफैंमा साईको सस्पेन्स थ्रिलर फिल्म हो । अपराध कथामा आधारित यो फिल्ममा मैले अपराध बिटको पत्रकारको भूमिका निर्वाह गर्ने क्रममा पत्रकारको जिम्मेवारीलाई निकै नजिकबाट नियाल्ने अबसर पाएँ ।’

चलचित्रमा आफुले अपराध बिटको पत्रकारले गर्ने कामलाई सकेसम्म यथार्थ रुपमा प्रस्तुत गर्ने कोशिस गरेको पनि उनले बताए,‘एउटा पत्रकारले अपराधका घटनाहरु कसरी पत्ता लगाउँछ र उसले जोखिम मोल्दै त्यस्ता समाचारहरु कसरी सँकलन गरेर पाठक तथा दर्शकसम्म पु-याउँछ भन्ने कुरालाई मैले आफ्नो अभिनयबाट यो फिल्ममा स्पष्ट पार्न खोजेको छु ।’ कार्मले भने,‘यस अघि थुप्रै प्रकारको भूमिका निर्वाह गरेँ । तर यसपटक क्राईम बिटको पत्रकारको भूमिका निर्वाह गर्न पाएपछि बल्ल पत्रकारको दुःखलाई नजिकबाट चिन्न पाएँ ।’

मिलन डि काप्रीले निर्देशन गरेको यो चलचित्रमा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखकसहितका कलाकारको मुख्य भूमिका रहेको छ । यही शुक्रबारबाट चलचित्र षटकोण रिलिज हुँदैछ । दुई वर्ष अघि छायाँकन गरिएको यो चलचित्र कोरोना मत्थर भएपछि बल्ल रिलिज हुन लागेको पनि अभिनेता कार्मले बताए ।

यी अभिनेताले यसपटक आफ्नो नामको ’boutमा पनि स्पष्ट पारेको छन् । आफ्नै तिब्बेतियन मुलकी हजुर आमाबाट प्रभावित भएर आफुले तिब्बेतियन भाषामा आफ्नो नाम कार्म (तारा) राखेको तर सबैले कर्मा भनेर बोलाउने गरेको पनि उनले बताए । मेरो नाम खासमा ‘कार्म’ हो र यही नामबाट मलाई सम्बोधन गरिदिन आग्रह गर्दछु । उनले राजधानीमार्फत सबैलाई भने ।

तपाइको प्रतिक्रिया
(Visited 364 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान