घोडाघोडीमा दुई पक्षीय प्रतिस्पर्धा

टीकापुर । आसन्न स्थानीय तहको निर्वाचनमा कैलालीको मध्य भागमा रहेको घोडाघोडी नगरपालिका दुई पक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । नगरपालिकामा सत्ता गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी(एमाले) बीच प्रतिस्पर्धा हुने देखिएको हो ।

घोडाघोडी नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का खडक रावत र नेकपा एमालेलेका ममताप्रसाद चौधरीलाई नगरप्रमुखको उम्मेदवार बनाइएको छ । गठबन्धका उम्मेदवार रावत समाजवादीका जिल्ला सचिव हुन भने चौधरी एमालेको जिल्ला उपसचिव हुन् ।

रावत तत्कालिन एमाले पार्टीमा रहेर लामो समयदेखि राजनीति गर्दै आएका व्यक्ति हुन भने चौधरी शिक्षण पेशाबाट राजनीतिमा आएका हुन् । गठबन्धनका उम्मेदवार रावत घोडाघोडी नगरपालिका–१० स्थित कान्ति माध्यमिक विद्यालयमा ४ कार्यकाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । उनको नेतृत्वले कान्ति माध्यमिक विद्यालयको भौतिक पुर्बाधार लगायत शैक्षिक गुणस्तरमा सुधार गरेर जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा चिनाएको स्थानीय गगन कठायतले बताए ।

एमालेका उम्मेदवार चौधरी घोडाघोडी नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् । एमालेले उनलाई फेरी नगरप्रमुखको टिकट दिएर उम्मेदवार बनाएको हो । २०७४ को स्थानीय तहको निर्वाचनमा घोडाघोडी नगरपालिकामा नगरप्रमुख र उपप्रमुख एमालेले जितेको थियो । पार्टी बिभाजनसँगै चौधरी एमालेमै रहे भने नगरउपप्रमुख प्रेमकुमारी थापा समाजवादीमा रहेकी छिन् ।

घोडाघोडीमा सत्ता गठबन्धनका तर्फबाट उपप्रमुखमा गुलिया चौधरी र एमालेबाट करुणा बम बटाला उम्मेदवार छन् । घोडाघोडीमा सत्ता गठबन्धन र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा हुने नेपाली काँग्रेस घोडाघोडी नगर सभापति बमबहादुर सिंहले बताए ।

ग्ठबन्धनका उम्मेदवार खडक रावतले आफू निर्वाचित भएपछि घोडाघोडीलाई समृद्ध नगरपालिका बनाउन अघि बढ्ने बताए । अघिल्ला अधुरा योजना पूरा गर्न आफ्नो उम्मेदवारी पुनः नगरप्रमुखमा भएको चौधरीले बताए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा घोडाघोडी नगरपालिकामा एमालेका ममताप्रसाद चौधरीले ८ हजार १६४ मत ल्याएर ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लक्ष्मण चौधरीले ७ हजार २३७ ल्याएका थिए । काँग्रेसकी रिताकुमारी चौधरीले ६ हजार २१० मत ल्याएर तेस्रो बनेकी थिइन् ।

चैधरी समुदायको बाक्लो उपस्थिती रहेको सो नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनका लागि राप्रपा, रशेम चौधरीको नागरिक उन्मुक्ति पार्टीले समेत उम्मेदवार बनाएको छ । वडामा भने मित्रवत प्रतिस्पर्धा गरेर जाने गठबन्धनले निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 437 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी