कमल थापाको साथ छोड्दै नेताहरू, कोषाध्यक्ष गुरुङलले पनि दिए राजीनामा


काठमाडौं । शीर्ष नेताहरूले राप्रपा नेपाल परित्याग गर्न थालेका छन् । गत मंसिरमा भएको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि राप्रपा नेपालको नेतृत्व गर्न पुगेका कमल थापाको साथ वरिष्ठ नेताहरूले छाड्न थालेका छन् ।

बिहीबार राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष थापालाई सम्बोधन गर्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरि कोषाध्यक्षबाट राजीनामा बुझाएका छन् ।

केन्द्रीय कार्यालय विशालनगरमा गुरुङले आफ्नो राजीनामापत्र दर्ता गराएका छन् । गुरुङ कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका अध्यक्ष हुँदादेखिका सहकर्मी थिए । २०३८ सालमा थापा नेपाल युवक संगठनका अध्यक्ष रहँदा गुरुङ उपाध्यक्ष थिए । गुरुङ २०७३ मा आदिवासी जनजाति प्रतिष्ठानका उपाध्यक्षसमेत भएका थिए ।

अहिले आएर गुरुङले थापाको साथ छाडेको छन् । थापासँगको राजनीतिक साथ छोड्नेमा गुरुङ मात्र होइन अघिल्लो साता शीर्षनेताहरूले पनि राप्रपा नेपाल परित्याग गरेका थिए । अघिल्लो साता उपाध्यक्ष उद्धब पौडेल, केन्द्रीय सदस्यहरु उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि राप्रपा नेपाल परित्याग गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंकाे मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगाेल निर्वाचित