काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौंको महानगरमा सिर्जना सिंहले जित्ने दाबी गरेका छन् ।
बिहीवार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सिर्जना सिंहको प्रतिष्पर्धीको रुपमा रहेका नेकपा एमालेका नेता केशव स्थापितलाई मिति सकिएको औषधिको संज्ञा दिए । अध्यक्ष भट्टराईले काठमाडौं महानगरपालिकाको मेयरमा निर्विकल्प सिर्जना सिंह विजयी हुने उनको भनाई थियो । उनले अबको जित सुनिश्चित भइसकेकोले काठमाडौंलाई कसरी व्यवस्थित गर्ने भन्ने ’boutमा सोच्नुपर्ने बताए ।
अध्यक्ष भट्टराईले आफू पनि काठमाडौं महानगरको मेयरमा उठ्न चाहेको समेत बताए । उनले यसअघि मेयरमा उठ्छु भन्दा कतिपयले ठट्टा गरेको समेत बताए । उाले राजधानीको मेयर बन्नु कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति पछिको महत्वपूर्ण पद भएको समेत बताए ।
अध्यक्ष भट्टराईले अहिलेको गठबन्धन चुनावलाई लक्षित गरेर मात्र नभइ दीर्घकालीन रहने दाबी गरे । उनले यो गठबन्धनले अब नेपाललाई कसरी तेस्रो विकसित देशबाट पहिलो विकसित मुलुक बनाउने भन्ने ’boutमा योजना बनाइरहेको बताए । अध्यक्ष भट्टराईले सिर्जना सिंह आफ्नै बलबुतामा मेयर बनेको उनको भनाई थियो ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रकाशमान भन्दा अगाडि सिर्जना सिंह सक्रिय राजनीतिमा आएकोले प्रकाशमानका कारण मेयरको टिकट दिएको भन्न नमिल्ने बताए । उनले सिर्जना सिंह पहिला राजनीतिकर्मी र दोस्रोमा मात्र पारिवारिक पृष्ठभूमिमा जोडिने बताए । नेता श्रेष्ठले आफ्नो राजनीतिक यात्रा पनि काँग्रेसबाट शुरु भएको उद्घोष गरे ।