सिमा समस्या समाधान एमालेले मात्रै गर्न सक्छ : केपी ओली

महेन्द्रगर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिमाको समस्या समाधान एमालेले मात्रै गर्ने बताएका छन् ।

कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सीमाका समस्या र सारोकारका बिषयमा एमाले सरकार मात्रै बोल्छ’ ओलीले भने, ‘२०१८ सालमा महेन्द्र राजाले भारतलाई दिएको भूमि फिर्ता गरेर दार्चुलामा बिओपी स्थापना गरेका छौँ ।’ ओलीले कञ्चनपुरको सीमा र आरक्ष पीडितका समस्या समाधान गर्ने आवश्वासन पनि दिए । ‘यो गठबन्धन कुनै विकास गर्नको लागि होइन’, उनले भने, ‘सत्तामा पुगपछि आफ्ना नातागोताको उद्धार गर्ने र बाँडीचुँडी खानलाई बनेको हो ।’ सत्ता गठबन्ध भुँडी फुलाएर बस्ने मात्रै हुन ।

गठबन्धन कमिसन र भ्रष्टाचारको अभियान चलाउन आएको र यसको कुनै उद्देश्य नभएको ओलीको आरोप थियो । उनले अहिलेको सरकार दस महिना वितिसक्दा समेत कुनै पनि समस्याको समाधान नगरेको आरोप लगाए । ‘कांग्रेसको घोषणापत्रमा धरहरा, रानीपोखरी, दरबार हाइस्कुल, ऐतिहासिक सम्पदा धरोहरहरु बनाएकोमा विरोध गरेको छ । भूकम्पपछि ७ सात भवनहरु पुनर्निर्माण गरेकोमा विरोध गरेको छ,’ उनले भने । ’अहिलेको सरकार भोटको राजनीति गर्छ, समस्या समाधान गर्दैन,’ उनले भने ।

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली जनताको आसाको केन्द्र नेकपा एमाले नै भएको पुष्टि भइसकेको भन्दै स्थानीय तहको निर्वाचनमा एमालेको विजयी सुनिश्चित भइसकेको र एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताउनु विश्वास व्यक्त गरे । एमालेको विकासबाट आत्तिएकाहरूले एमाले विरुद्ध बनाएको गठबन्धन स्थानीय तहको चुनावबाट हराएर जाने ओलीले दाबी गर्नुभयो ।
एमाले विकास गर्ने, बाटो बनाउने, भौतिक पूर्वाधार निर्माण गर्ने पार्टी भएको उनको भनाइ थियो । ‘विभिन्न कार्यक्रम ल्यायौं । विकास देखिनुपर्छ घोषणापत्रमा,’ उनले भने ।

गठबन्धनको एमालेलाई गाली गर्नुबाहेक नीति कार्यक्रम केही नभएको उल्लेख गर्दै ओलीले एमालेलाई गाली गर्न छाडेर देश बनाउने काममा लाग्न बताए । अध्यक्ष ओलीले स्थानीय तहका लागि सत्तारुढ कांग्रेसले ल्याएको घोषणापत्रमा एमालेलार्ई गाली मात्रै रहेको बताएका छन् । सत्तारुढ नेपाली कांग्रेसका सभापति देउपाको नाम सात ठाउँमा र आफनो नाम ४६ ठाँउमा राखेको बताए । एमालेको घोषणापत्रमा चुच्चे नक्सासहितका विषय भएको तर, कांग्रेसको घोषणापत्रमा गाली मात्रै भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने बताए । एमालेको पक्षमा जनलहर बढिरहेको भन्दै ओलीले आगामी निर्वाचनमा एमाले संघीय सकार बनाउने हिसाबले जित्ने ठोकुवा गरे ।

देशभरि एमालेको जनलहर छ, त्यसैले अहिलेदेखि नै गाउँ गाउँमा एमाललाई जिताउनुस् । ओलीले भने, ’अहिले गबन्धनले महिलालाई उपेक्षा ग-यो । महिला उम्मेदवार भएन । ’ओलीले एमालेले स्थानीय निर्वाचनमा ५२ प्रतिशत महिलाले उठाएको पनि बताए । ‘महिला दिदीबहिनी खुसी हुनुपर्छ’ ओलीले भने, ‘प्रमुख, उपप्रमुखमा एमालेले महिला अघि सारेको छ ।’

अध्यक्ष ओलीले आज दिउँसो कैलालीको बर्दगोरियामा चुनावी सभालाई पनि सम्बोधन गरेका थिए भने बेलौरीको चुनावी सभा सकेर साँझ ४ बजे कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताईको छ । तीनवटै स्थानमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गरेर ओली बिहीबार साँझै काठमाडौं फर्किने कार्यक्रम तय गरिएको छ ।

मेयरको टिकट नपाएर फेरी एमाले फर्के कडेल

अघिल्लो निर्वाचनमा बेलौरी नगरपालिकामा मेयरको टिकट नपाएर एमाले छाडेका यज्ञ कँडेल पाँच वर्षपछि फेरि स्थानीय तह निर्वाचनमा एमाले फर्किएका छन् । नेकपा माओवादी केन्द्र छाडेर कँडेल आफ्नी पत्नि राधा कँडेल सहित एमाले फर्किएका हुन् ।

कँडेल दम्पत्ति यस पटक माओवादी केन्द्रबाट बेलौरी नगरपालिकाको मेयर उप मेयरमा आकाँक्षी देखिएका थिए । माओवादी केन्द्रले उनीहरु दुबैको आकाँक्षा अनुसार टिकट नदिएपछि उनीहरु पार्टी छाड्न पुगेका छन् । निर्वाचनमा यज्ञ कँडेलले मेयर र उनकी धर्मपत्नि राधाले उप मेयरमा आकाँक्षा राखेकी थिइन ।

एमाले छाडेर माओवादी गएपछि कँडेल पत्नि राधा २०७४ मा बेलौरी नगरपालिकाको उप मेयरमा चुनाव लडेकी थिइन् । माओवादी केन्द्रले यस पटक बेलौरीको मेयरमा पोतिलाल चौधरी र उप मेयरमा मन्जु शाहलाई उम्मेदवार बनाएको छ ।

एमाले प्रवेश गर्नेमा कँडेल दम्पत्ति सहित नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सदस्य केशव कडेल, बेलौरी नगरपालिका ४ का समाजवादीका वडा अध्यक्षका उम्मेदवार पुनम श्रेष्ठ, बेलौरी २ मा राप्रपाका वडा अध्यक्षका उम्मेदवार दिपक सिह लगायतका दुई सय ५० जना एमाले प्रवेश गरेको एमालेका जिल्ला सचिव पल्लवराज भट्टले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दसैं टिकटमा सधैं सास्ती

कुरी-कुरी