पाँचथर । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा जिल्लाका ५ वटा वडामा ५ दलित महिला सदस्य निर्बिरोध निर्वाचित भएका छन् ।
निर्बिरोध निर्वाचित हुनेमा १ नेपाली कांग्रेस र बाँकि ४ जना नेकपा (माओवादी केन्द्र) का रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १ नगरपालिका र ७ गाउँपालिका गरी ८ स्थानीय तह रहेको पाँचथरमा ६० वडा रहेका छन् । त्यसमध्ये विभिन्न पालिकाको ५ वटा वडामा दलित महिला सदस्य निर्बिरोध बनेका हुन् ।
दलित महिला सदस्य पदका लागि निर्वाचनमा उम्मेदवार हुन दाखिला भएका व्यक्ति एक मात्र भएकाहरुलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।
निर्बिरोध निर्वाचित हुनेमा फालेलुङ–४, मा नेकपा (माओवादी केन्द्र) की कविता बि.क. र फालेलुङ–५, मा नेपाली कांग्रेसकी फुलमति विश्वकर्मा रहेका छन् । त्यस्तै फालेलुङ–८, मा अमृता शंखर, फिदिम नगरपालिका–३, मा बुध माया नेपाली र फिदिम–१३, मा सीता गिरी बर्देवा छन् ।
उनीहरु तीन जना नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्बिरोध निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।