पाँच दलीय गठबन्धनले स्थानिय निर्वाचन प्रभावित पार्न खाेजे

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्तारुढ पाँच दलीय गठबन्धनसंग मिलेर सरकारले स्थानीय तहको निर्वाचनलाई स्थानिय प्रशासन प्रभावित गर्न खोजेको आरोप लगाएको छ । ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, निष्पक्ष एवं स्वतन्त्र वातावरणमा गर्नुपर्ने माग समेत एमालेले गरेको छ ।

एमाले रौतहटका अध्यक्ष त्रिभुवन साह अमरले आज एक बिज्ञप्ती जारी गर्दै कांग्रेस नेतृत्वको अपवित्र गठबन्धनको इशारामा कठपुतली भई गलत मनसायवश निर्वाचनलाई प्रभावित गर्न जिल्ला प्रशासन कार्यालय रौतहटका प्रजिअ कृष्णबहादुर शाहीले निर्वाचन हितविपरित कार्य गरिरहेको आरोप लगाएका छन् ।

अहिलेको समयमा सत्ता पक्ष र प्रतिपक्ष भन्दा माथि उठेर देश र जनताको सर्वोपरी हितको प्राप्ति, संरक्षण एवं सम्बर्धनमा विशेष सहयोग पुग्ने किसिमबाट सबै राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षहरुलाई समेत विश्वासमा लिनुको सट्टा उल्टै अविश्वास एवं भय–त्रासदीको स्थिति सृजना गर्ने, भनसुनकै आधारमा मतदान अधिकृत एवं कर्मचारी खटाउने, तथा विधि विधान विपरित आफूखुशी मतदान केन्द्र एवं मत गणना स्थल निर्धारण गर्न अनावश्यक हस्तक्षेप गरेर रौतहटका प्रजिअ शाहीले गरेपछि उनलाई निलम्बन गर्न समेत एमालेले माग गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित