हाम्रो पार्टीको उद्देश्य नै भ्रष्टाचारमुक्त समाज : किशोर देशार

२५ वर्ष नेपाली कांग्रेसको राजनितीमा सक्रिय किशोर देशार यसपाली गोदावरी नगरपालिका वडा नं ११ मा वडाअध्यक्षका उम्मेदवार बनेका छन् । लामो समय कांग्रेसको राजनीतिमा सक्रिय भएपनि कांग्रेसले आफ्नो अबमुल्यन गरेको भन्दै देसार कांग्रेस परित्याग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रवेश गरे र सोही पार्टीबाट वडा अध्यक्षको उम्मेदवार भए । उनैसंग राजधानीले गरेको कुराकानी :

तपाई वडा अध्यक्षको उम्मेदवार बन्नुको कारण ?

प्राकृतिक सम्पदा, साँस्कृतिक सम्पदाको रक्षाको साथै वडा नं ११ वासीका जनजीवनलाई सहज बनाउन मेरो उम्मेदवारी हो । युवा तथा जेष्ठ जागरिकले पाउने सम्पूर्ण हक अधिकारको प्रत्याभुति दिन पनि मैले उम्मेदवारी दिएको हुँ ।

तपाईलाई वडाका जनताले किन भोट दिने ?

जोस जाँगरका साथ मैले युवा अवस्था नै समाजसेवाम बिताएँ । नेतृत्व परिवर्तन आजको अबश्यकता पनि हो । यस नगरपालिका वडा नं ११ का आमाबुबा ,दाजुभाइ ,दिदी बहिनिको इच्छा र चाहना अनुरूप मलाई थप सेवा गर्न मौका दिनका लागि पनि मलाई भोट दिनु पर्छ । दिनु हुन्छ ।

तपाईको योजनाहरु के के छन् ?

सुन्दर हराभरा पालिका, प्रत्येक टोलमा जेष्ठ नागरिक भवन र कृषि अनुदान मेरो प्राथमिकता हो । शिक्षा, स्वास्थ र सँस्कृतिकको विकासका लागि पनि केही नयाँ गर्ने योजनामा छु । खानेपानी ढल निकास लगायतका समस्या समाधान गर्न मेरो रचनात्मक भुमिका रहने छ ।

अन्य राजनितीक दलका उम्मेदवार भन्दा तपाईमा के कुरामा फरक हुनुहुन्छ ?

पहिलो कुरा त राप्रपाको लक्ष्य नै भ्रष्टाचारी मुक्त समाज निर्माण गर्नु हो । अन्य राजनितिक दलका उम्मेदवारहरूको पाँचबर्ष योजनामा के कति काम गरे जनताले छर्लङ्ग देखेका छन् । यदि मैले जितेँ भने अन्य दलका नेताहरुले दोहो¥याएका कमी कमजोरी दोहो¥याउने छैन । हरेक टोलमा म स्वयम् उपस्थिति भएर उपभोक्त समितिले गर्ने काम आफ्नै माताहतमा सम्पन्न गर्ने छु । मेरो कार्यकालमा कोही कसैले बजेटमा हिनामिना र चलखेल गर्न पाउने छैनन् ।

भोट माग्न जाँदा जनताको प्रतिकृया कस्तो पाउनुभयो ?

जनताको घरदैलोमा जादाँ जेष्ठ नागरिकदेखी युवा पुस्तासम्मले सिंगै टिमलाई विजयी गराउने आश्वासन दिनु भयो । कतिपय साथीभाईहरूले तिमी मेरो घरमा आएर भोट माग्नु पर्दैन तिम्रो उम्मेदवारी नै मेरो जित हो समेत भन्नु भो ।

जनताका समस्याहरु के के रहेछन् ?

खानेपानी ढल, धुलो धुवाँ, सबै तीर समस्या छ । ऐतिहासिक राजकुलो मासिएको छ । हरिया डाडा पाखामा प्लटिङ गरिएको छ । कृषि योग्य क्षेत्रमा प्रत्यक्ष रूपमा असर परेको छ भने गाउँ नजिकैको पागल बनमा फोहरको डम्पिङ्ग साइट भएको छ । यस वडा भित्र रहेको मठमन्दिर पाटि पौवा पोखरी निर्माण गर्दा पनि पुरानो परम्परागत शैली मासिएको छ । सिमेन्टेको प्रयोगले साँस्कृतिक पहिचान नै लोप भएको महसुस भयो ।

जनताका समस्या समाधान गर्ने तपाईका योजना के के हुन् ?

वडामा शिक्षित वर्गहरूको संख्या दिनप्रतिदिन बददै गएको बर्तमान अवस्थामा युवाहरू बेरोजगारी भएर बस्न वाध्य छन । अब प्राविधिक शिक्षाको विस्तार नगरी सुखै छैन । चुनाब सकिए लगत्तै बौद्विक वर्ग ,राजनितीक व्यक्तित्व र समाजसेवीलगायत वडाका कर्मचारीहरू संग सहकार्य गरेर अघि बढ्ने छु ।

तपाइको प्रतिक्रिया
(Visited 347 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले पोखरा महानगरका मेयर–उपमेयरले सार्वजनिक गरे चुनावी प्रतिबद्धतापत्र