सेन्चुरीको स्वरमा ‘कौवा करायो’

काठमाडौँ । भोइस अफ नेपाल फेम्ड गायिका सुरक्षा सेन्चुरीको सुमधुर स्वरमा समावेश ‘कौवा करायो’ बोलको म्युजिक सार्वजनिक भएको छ । पुरानो थिमलाई समेटेर तयार पारिएको यस गीतलाई रमेश दाहालले लेखेका हुन् भने टिका दाहालले संगीतवद्द गरेका हुन्। गीतमा संदेश परियारको संगीत संयोजन रहेको छ।

सन्ध्या बुढा ( काउली बुढी ) र विकाश लामिछाने अभिनित म्युजिक भिडियोमा विगतमा नेपाली समाजको अवस्था कस्तो थियो भन्ने कुरालाई देखाइएको छ। हजुर आमाले नातिनीलाई आफ्नो समयमा कसरी संदेशहरु प्राप्त गरिन्थ्यो भन्ने कुरालाई रोचक ढंगबाट भिडियोमा प्रस्तुत गरिएको छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा दिनसन शाहको सम्पादन रहेको छ।

केशब राज भट्टको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ‘टिका दाहाल म्युजिक’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

तपाइको प्रतिक्रिया
(Visited 362 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका शिर्ष नेताहरुले आफ्ना पालिका जिताउन सकेनन्