काठमाडौं । सदु खनालको शब्द रचनामा रहेको पहिलो गीत ‘मायाको मौसम’ सार्वजनिक भएको छ। यस गीतमा गायिका ममता गुरुङ र गायक एवम गीतकार डि पी खनालको सुमधुर स्वर सुन्न सकिन्छ। रोमान्टिक भर्सनको ‘यस गीतलाई शंकर थापा ‘स्माइल’को संगीतवद्द गरेका हुन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।
मुनालशिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोमा सुधिर श्रेष्ठ र जुना कार्कीले अभिनय गरेका छन् । इलाम र झापाका मनोरम दृश्यहरुमा सुजन श्रेष्ठले भिडियोको छायाँकन गरेका हुन् । दिन्शन शाहले भिडियोको सम्पादन एवं कलर गरेका हुन् । मोडल सुधिरको युट्युब च्यानल ‘सुधिर श्रेष्ठ सिर्कार’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 383 times, 1 visits today)