पहाडी मायाले छपक्कै

यिनी हुन्, शिवशंकर साह । थातथलो सिरहा ।
एकैछिन है !
अहिलेचाहिँ सिन्धुलीवासी ।

मधेस–पहाड प्रेम पनि गज्जबकै छ । पहाडी मायाले कुन बेला छपक्कै पा-यो ? हेक्कै छैन । कुरो, २०४४ सालतिरको हो । त्यतिबेला अस्थायी शिक्षक थिए, साह । मधेसबाट पहाड (सिन्धुली) झरेका यिनी, त्यसपछि थातथलो फर्केनन् । सिन्धुलीसँग अगाध प्रेम बस्यो, छोड्नै सकेनन् । अनि, घरजम यतै गरे ।

‘पहाडिया मोहले यति लोभ्यायो कि कुरै नगरौं,’ साह भन्छन्, ‘अनि, पहाडलाई नै स्थायी कर्मथलो बनाउने निधो गरें ।’ ६ वर्ष बितिजोर र दुई वर्ष लुम्ती बसेपछि ‘पहाडी प्रेम’ले उनको मनमा बास ग¥यो ।

‘यहाँ (पहाड) बस्न सुरुमा त घरपरिवारले मान्दै मानेनन्,’ साह सम्झन्छन्, ‘छरछिमेकको कुरै नगरौं, उनीहरूले गर्नुसम्म खिसी गरे । तर, त्यसको पर्वाह गरिनँ, तराईको सम्पति बेचेर र जागिरको पैसाले पहाडमै घरजम गरें ।’

साहले भाई–भतिजा र परिवारसमेत पहाडमै ल्याए । उनीहरूका लागि किराना र स्टेसनरी पसल खोलिदिए । साह परिवारको स्थायी बसोबाससँगै सिन्धुलीको एउटा दुर्गम गाउँमा ‘पसल’ पनि खुल्यो । नुन, तेल, चिनी, चियापत्ति किन्न गाउँलेले निकै टाढा बजार धाउनुपर्ने दिन अन्त्य भयो ।

‘हामीले पसल राखेपछि गाउँले धेरै खुसी भए,’ शिक्षक साह भन्छन्, ‘नत्र, एक प्याकेट नुन किन्न पनि कोशौं टाढा जानुपर्ने बाध्यता थियो ।’

सिन्धुलीको साबिक बितिजोर गाविसस्थित श्रीबाललहरी भञ्ज्याङ प्राविका अस्थायी शिक्षक थिए उनी, दरबन्दीको झन्डै चार वर्षपछि स्थायी भए । ‘दुई वर्ष त्यहीँ पढाए, २०५० सालमा सिन्धुलीकै साबिक पोखरी गाविसको श्रीप्रस्तावित निम्न मावि लुम्ती सरुवा भएँ,’ साह विगततिर फर्किए, ‘त्यहाँ दस वर्ष पढाएपछि शिवशंकर गाविसकै श्रीप्रावि, पौतीमा सरुवा भएँ ।’

शिक्षण पेसामा समर्पित साहले पौतीमा १९ वर्ष पढाएपछि अवकाश लिए । ‘यो क्षेत्रमा ३५ वर्ष बिताएँ,’ गत ११ वैशाखमा शिक्षक पदबाट राजीनामा दिएका साह भन्छन्, ‘अब भने राजनीति गर्छु ।’

हुन पनि साह अब स्वतन्त्र छन् । कुनै पनि दलप्रति खुलेर लाग्नसक्ने वातावरणमा छन्, उनी । पढाउँदै गर्दा ‘खुला राजनीति’ एक शिक्षकलाई पाच्य पनि त थिएन ।

हो, साह आसन्न स्थानीय चुनावमा फिक्कल गाँउपालिका–२ वडा अध्यक्षमा भिड्दै छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका उनी ‘जनताले विश्वास गर्ने’मा ढुक्क देखिन्छन् ।

‘यही ठाउँमा २९ वर्ष पढाएँ, यहाँका जनताको माया पाएँ,’ साह सुनाउँछन्, ‘अब मन, वचन र कर्मले जनताको सेवा गर्नेछु । मलाई कमाउनु केही छैन । पहाडले धेरै दियो । अब गुन तिर्नुछ ।’

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित