स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका केशव स्थापित र उपमेयर सुनीता डंगोलले काठमाडौंका घरघरमा पुगेर मतदाताको शुभेच्छा लिइरहेका छन् ।

शुक्रबार र शनिबार बालाजु, सोह«्रखुुट्टेलगायतका क्षेत्रमा घरदैलो गरेका उनीहरूले मतदाताको आशीर्वादले आपूmहरूको जित सुनिश्चित भएको बताएका छन् । मेयरका उम्मेदवार स्थापितसँगै एमालेबाटै मेयरका लागि दाबी गर्दै आएका काठमाडौं क्षेत्र नम्बर ७ का सांसद तथा पूर्वराज्यमन्त्री रामवीर मानन्धर र काठमाडांैका हालका नगर प्रमुख विद्यासुन्दर शाक्य पनि सँगै देखिएका थिए । तीनै जना एकै ठाउँमा भएर स्थापितको प्रचारप्रसारमा हिँडेका थिए ।

काठमाडौं महानगरपालिका–१६ मा पर्ने बालाजु बाइपास क्षेत्रमा मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार सुनीता डंगोलसहितको टोली साघुँरा गल्ली छिचोल्दै घरदैलोमा पुगेको थिए । त्यस क्रममा स्थापितले विगतमा पनि आपूmले काठमाडांैमा सुधारका थुप्रै काम गरेकाले पुनः एकपटक अवसर दिन आग्रह गरेका थिए ।

टीका र खादा लगाएका उम्मेदवार स्थापित र डंगोल हात जोड्दै स्थानीय तहको घरघरमा पुगेर आशीर्वाद लिएका थिए ।
उपमेयरकी उम्मेदवार डंगोलले घरदैलो कार्यक्रम निकै राम्रो भइरहेको र काठमाडौंवासीको अथाह माया ममता तथा स्नेह पाइरहेकाले आपूmहरूको जित सुनिश्चित भएको बताइन् ।

सकारात्मक ‘रेस्पोन्स’ पाइरहेका छौं, घरदैलो गरिरहँदा कर्तव्यबोध पनि हुँदो रहेछ,’ उनले भनिन् । उनले काठमाडौंको कति ठाउँमा बाटो नबनेकोे कतिपय ठाउँमा हिलो–धुलो मात्रै भएकाले यसको व्यवस्थापन आपूmहरूको प्राथमिकतामा पर्ने बताइन् ।

घरदैलो टोलीसँग बिदा भएपछि मेयरका उम्मेदवार स्थापितले काठमाडौंका कला, संस्कृति र सम्पदा क्षेत्रका अगुवासँग छलफल गरेका थिए । स्थापितले काठमाडौंको भित्री सहरमा बस्ने, यहाँको भाषा, कला, संस्कृति, सम्पदा, संगीतको क्षेत्रमा लामो समयसम्म आबद्ध अभियन्तासँग छलफल गरेका थिए ।

त्यसलगत्तै स्थापित काठमाडौंका गुठियारसँगको छलफलमा सहभागी भए । मृत्यु संस्कार, जात्रा व्यवस्थापन र अरू सामाजिक कामको अगुवाइ पनि गुठीहरूले गर्छन् । काठमाडौंको चुनावमा जित र हारका लागि गुठी नै निर्णायक हुने ठानिन्छ । यस्तोमा आफ्नो व्यस्त ‘सेडयुल’का बाबजुद पनि उनले गुठियारसँग छलफल गरेर आशीर्वाद लिए ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा