माओवादीको धम्काउने बानी अहिलेसम्म गएनछ : अध्यक्ष ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको टिप्पणी गरेका छन् । आइतवार चितवनको भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि कांग्रेस कार्यकर्ताहरू के हेरेर बसेका छन् भनी प्रश्नसमेत गरे । उनले कांग्रेस कार्यकर्ताहरू प्रचण्डका छोरी रेणु दाहाललाई फेरि पनि भोट हाल्नु परेकोमा पीडामा रहेको पनि जिकिर गरे ।

अध्यक्ष ओलीले भने, ‘कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन् । के हेरेर बसेका छन् कार्यकर्ता, नेताहरू ? पार्टी त सिद्धियो कांग्रेसको । एक जना नेताले चितवनका जनताले मेरी छोरीलाई खुरुक्क भोट हालेर जिताएनन् भने देश दुर्घटना हुन्छ भने । रुखवाला साथीहरूले खुरुखुरु राजीखुसीले हँसिया हथौडामा भोट हाल्दैनन् भने दुघर्टना हुन्छ । थपक्क भोट हालेर मेरी छोरी जिताए भने म खुसी हुन्छु । उत्साहित हुन्छु । १०, १५, २० वर्ष गठबन्धन टिकाइ दिन्छु । धम्क्याएको हेर्नुहोस् त ।’

प्रचण्डले केही दिनअघि भरतपुर पुगेर आफ्नी छोरीलाई मत हाल्न कांग्रेस कार्यकर्तालाई धम्क्याउने काम गरेको भन्दै ओलीले निर्वाचन आचारसंहिता विपरीत हुने गरी यसरी धम्क्याउन नपाउने बताए । ओलीले प्रचण्डको धम्क्याउने बानी अझैसम्म नगएको टिप्पणी गरे ।

केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनले हारे देश दुर्घटना हुने बताएका थिए । सोही विषयमा टिप्पणी गर्दै अध्यक्ष ओलीले धम्काएर खानेहरुको बानी भए पनि अब जमना बदलिएको भन्दै अब धम्काएर काम नचल्ने बताए ।

ओलीले भने, ‘चितवनका कांग्रेस कार्यकर्ताप्रति मेरो सहानुभूति छ, उहाँहरूको कुनै दोष छैन । प्रकाश सपुतले गीतमा भनेजस्तै उहाँहरूले पीर बिसाउने ठाउँ पनि पाउनुभएन । मेरी छोरीलाई भोट दिएनौ भने देश दुर्घटना हुन्छ भनेर प्रचण्डले धम्क्याउँदा पनि उनीहरूले नेतृत्वबाट ढाडस पाएका छैनन् । तर ढुक्क हुनुस् प्रचण्डकी छोरी हार्दा देश दुर्घटना हुँदैन बरु एउटा घटना हुन्छ, त्यो के हो भने गठबन्धनले नराम्रोसँग हार्छ ।’

उनले प्रचण्डले सृजना सिंहको र प्रधानमन्त्री देउवाले रेणु दाहालको मत मागेर हिँडिरहेका बेला फरक दलको प्रचार नगर्न भनी निर्वाचन आयोगले भने पनि कारबाही भने गर्न नसकेको आरोप लगाए । अध्यक्ष ओलीले कांग्रेस नेताहरूले जसलाई भोट मागे पनि हुने तर कार्यकर्ताहरूले त्यसो गरे कारबाही गर्छु भन्न नमिल्ने पनि बताए ।

चितवनका कांग्रेस कार्यकर्ताहरू प्रचण्डका बाबु छोरी बोक्न विवश भएको भन्दै उनले भोलि प्रचण्डका भाइ,भतिजा र बुहारीहरू पनि बोक्नुपर्ने अवस्था आउन सक्ने ओलीले बताए । आफ्नी छोरीलाई जिताए २० वर्ष यही गठबन्धन राखेर कांग्रेस कार्यकर्तालाई हँसिया हतौडामा भोट हाल्न लगाउने घोषणा प्रचण्डले गरिसकेको ओलीले बताए ।

ओलीले भरतपुरको विकासको जिम्मा आफ्नो भएको बताएका छन् । नेता ओलीले भरतपुरमा मेयरका उम्मेदवार विजयी सुवेदीलाई विजयी गराए विकासको जिम्मा आफूले लिने बताएका हुन् । उनले भने, ‘तपाइँहरु विजय सुवेदीको टिमलाई विजयी गराउनुहोस्, यहाँको विकासको जिम्मा मेरो हो ।’

तपाइको प्रतिक्रिया
(Visited 89 times, 2 visits today)

Ads Space Available

epaper

भर्खरै

एक वर्षमा सुदूरपश्चिमबाट १३ सय बढी बेपत्ता

कुरी-कुरी