सिटीलाई तीन अंकको अग्रता, आर्सनलको लय कायमै

लन्डन । न्युकासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेसँगै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले तीन अंकको अग्रता बनाएको छ । आइतबार राति घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई तथा एम्रीक लापोर्ट, रोड्री र फिल फोडेनले एक-एक गोल गरे ।

अघिल्लो रात दोस्रो स्थानको लिभरपुल टोटनहमसँग बराबरीमा रोकिएपछि सिटीलाई अग्रता लिने अवसर थियो । जहाँ सिटी सफल समेत रह्यो । जितसँगै सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ र शीर्ष स्थानमा छ । न्युकासल ४३ अंक जोडेर १३ औं स्थानमा छ । दोस्रो स्थानको लिभरपुलको ८३ अंक छ ।

आइतबार नै भएको अर्को खेलमा आर्सनलले लिड्स युनाईटेडलाई २-१ गोल अन्तरले हराउदै यूइएफए च्याम्पियन्स लिग नजिक रहेको छ । आर्सनलको जितमा एडी एनकेटियाले दुई गोल गरे । लिड्सका डिएगो लोरेन्टले सान्त्वना गो गरे ।

जितसँगै आर्सनल शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको हो । आर्सनल ३५ खेलबाट ६६ अंक जोडेर चौंथो स्थानमा छ । पराजित लिड्स ३४ अंक साथ रेलिगेशन क्षेत्रमा झरेको छ । अन्य खेलमा एभर्टनले लेस्टर सिटीलाई २-१ अन्तरले हराउदै रेलिगेशन क्षेत्र बाहिर निस्किएको छ । यस्तै वेस्ट ह्यामले नर्विच सिटीलाई ४-० अन्तरले हरायो ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडाको मेयर बन्न ४ महिला सहित १७ जनाको उम्मेदवारी