पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा


पाल्पा । पाल्पाको एक स्थानीय तहमा प्रमुख पदमा महिलाहरूबीच प्रतिस्पर्धा हुने भएको छ । वडा अध्यक्षमा समेत महिला उम्मेदवार न्यून भएको बेला बगनासकाली गाउँपालिकाले महिला प्रमुख पाउने सुनिश्चित भएको हो ।

नेकपा एमालेबाट निवर्तमान उपाध्यक्ष सरस्वती चिदी दर्लामी र गठबन्धबाट नेपाली काँग्रेसकी सचिव सुनिता अधिकारीबीच प्रतिस्पर्धा हुदैछ । त्यस्तै पत्रकार अम्बिका पाण्डेले स्वतन्त्र र जनता समाजवादीबाट मिना कुमारी गाहाले पनि अध्यक्षको उम्मेदवारी दिएका छन् ।

गाउँपालिकाको अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी दिएपनि मुख्य प्रतिष्पर्धा भने एमाले र गठवन्धनकी उम्मेदवार अधिकारी बीच देखिएको छ । उपाध्यक्ष भई काम गरेको अनुभवले सुखी जनता र सम्बृद्ध बगनासका निर्माणको लागि उम्मेदवार बनेको सरस्वती चिदीले बताइन् ।

उम्मेदवारहरूले घरदैलो गर्ने, कोणसभा र भेला गरेर प्रचारप्रसारलाई तिब्र बनाएका छन् । विद्यार्थी राजनितिबाट राजनिती सुरु गरेकी गठवन्धनकी उम्मेदवार सुनिता अधिकारीले बगनासकालीको दिगो विकास, शिक्षा, स्वास्थ्य रोजगार, कृषि पशुपालन तथा सिंचाई सुविधान विस्तार गर्न उम्मेदवार बनेको बताइन् । बगनासकालीमा १९ हजार ८ सय ३९ मतदाता रहेका छन् । पालिका भित्र ११ मतदान स्थलमा २२ वटा मतदान केन्द्र रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमालेले टुंगो लगायो ११ पालिकाका उम्मेदवार