मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं

पोखरा । पोखराका मेयर पदका उम्मेदवारले युवाको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले युवा भनेका विकासका बाहक भएको उल्लेख गर्दै आफ्ना कार्यक्रम युवाकेन्द्रित हुने वाचा गरे ।

मेक पोखरा ओपन युथ फोरमको आयोजनामा पोखरामा भएको स्थानीय निर्वाचन २०७९ सन्दर्भमा विकास बहस कार्यक्रममा मेयरका प्रत्यासीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा सत्ता साझेदार गठबन्धनतर्फबाट पोखराको मेयरका उम्मेदवार धनराज आचार्यले आफ्ना चुनावी घोषणा’bout प्रष्ट पार्दै ती कार्यक्रममा युवालाई प्राथमिकतामा राखिएको बताए । उनले सहभागीको जिज्ञासाको जवाफ दिंदै पोखराको समृद्धि र विकासका लागि गठबन्धनका उम्मेदवारको जीत आवश्यक भएको बताए ।

स्वतन्त्रबाट मेयरका प्रत्यासी गनेस पौडेलले आफ्ना कार्यक्रम प्रस्तुत गर्दै आफू स्वयं युवा भएकोले युवाको मुद्दामा आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे ।

विवेकशील साझाबाट मेयर उम्मेदवार सुशीला केसीले आफ्नो उम्मेदवारी समग्र पोखराको हितमा रहेको दाबी गरिन् । यज्ञप्रसाद भण्डारी र खुमानन्द काफ्लेको संयोजनमा भएको कार्यक्रमको संचालन राजन अधिकारीले गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सरोकारवाला निकाय, विद्यार्थी, शिक्षक, नागरिक समाज, सर्वसाधारण लगायतको उपस्थिति थियो । उनीहरुले मेयरका उम्मेदवारलाई आ–आफ्नो चुनावी एजेण्डा’bout प्रष्ट पार्न लगाएका थिए । सो बहसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापालाई निम्तो गरिएकोमा उनी उपस्थित भएनन् ।

मेक पोखरा ओपन युथ फोरमविभिन्न क्षेत्रमा व्यावसायिक दक्षता हासिल गरेका युवाको साझा संस्था हो । संस्थाले समसामयिक विषयमा आधारित रहेर बहस, सार्वजनिक सुनुवाइ, सामाजिक कार्य गर्दै आएको छ । आगामी साता वैशाख ३० गते देशभर एकैपटक स्थानीय तहको निर्वाचन हुँदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कूटनीतिक नियोग आराम गर्ने थलो !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा अब बालेन यात्रा