‘मधेश प्रदेशमा गठबन्धनको असर पर्दैन ’

जनकपुरधाम । लोसपाका उम्मेदवारलाई जनकपुरधामको मेयर उपमेयरमा जिताउन महन्थ ठाकुर र राजेन्द्र महतोले संयुक्त चुनावी -याली गरेका छन् । जनकपुरधामको रंगभूमि मैदानबाट निस्केको सो -याली नगर परिक्रमा गरी तिरहुतिया गाछीमा सभामा परिणत भएको थियो ।

सभामा दूबै नेताले पाँच दलीय गठबन्धको असर मधेश प्रदेशमा नरहने बताएका छन् । लोसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले पाँच दलीय गठबन्धन अवसरवादीहरुको जमात रहेको टिप्पणी गरे ।

मधेशीको माग लोसपा मजगुत भए मात्रै पूरा हुने भएकाले स्थानीय तहमा लोसपामय बनाउन आमजनतासंग उनले आग्रह गरेका छन् । वरिष्ठ नेता राजेन्द्र महतोले जनकपुरधामलाई स्मार्ट सिटी बनाउन आफूहरुको सपना पूर्व मेयर लालकिशोर साहले पूरा हुन नदिएको आरोप लगाए ।

आफूले सफाइका लागि १ करोडको बु्रमर किनेर दिएको तर त्यसको उपयोग जनकपुरधाममा हुन नसकेको उनको भनाई थियो । ‘जताततै फोहोरै मात्रै देखिन्छ । सुगुरहरु त्यतिकै घुमिरहन्छन् ।’ उनले भने । जनकपुरधामलाई सफा बनाउन, पर्यटनको केन्द्र बनाउन लोसपालाई जिताउन आमजनतासंग आग्रह गरे ।

सो पार्टीका अर्का नेता शरतसिंह भण्डारीले मधेशको अधिकार सुनिश्चितताका लागि लोसपालाई बचाउनुपर्ने बताए । पाँचदलीय गठबन्धनले मधेश प्रदेशमा लोसपालाई कुनै असर नपर्ने उनको भनाई थियो ।

नेता अनिलकुमार झाले जनकपुरधाम ज्ञानको भूमिरहेको भन्दै जनकपुरधाम हेर्न हजारौँ व्यक्ति आउने तर, बजार फोहोर भएकाले नकारात्मक सन्देश गइरहेको र्चा गरे । उनले लोसपाको मेयरले उपमेयर जिते सफाई अभियान शुरुवात गर्ने बचनवद्धता व्यक्त गरेका छन । समारोहमा मेयरका उम्मेदवार मनोजकुमार चौधरी, उपमेयरका उम्मेदवार रीताकुमारी मिश्र लगायतले बोलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार