उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत


उदयपुर । उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पामा निर्वाचन टोली मतदानस्थमा खटिदै