वडाको विकासका लागि उत्तमरत्नको उपाय यस्तो छ

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. २३ मुलुककै पहिचान र प्रतिष्ठा बोकेको क्षेत्र मानिन्छ । जीवित देवीको देशका रुपमा चिनिने नेपाललाई यही वडामा रहेको कुमारी घरले चिनाउने गर्दछ । यही चिनारीलाई सबल बनाउन यहाँको स्थानीय सरकारसँग पर्याप्त भिजन हुनु आवश्यक छ । राजधानीको संस्कृति र सभ्यतालाई संरक्षण र सम्बद्र्धनका लागि योजना हुनु आवश्यक हुन्छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँचदलिय गठबन्धनका साझा उम्मेदवार बनेका छन् उत्तमरत्न मानन्धर । नेपाली कांग्रेसका नेता रहेका मानन्धरले वडाको विकासका लागि पाँच अवधारणा सार्वजनिक गरेका छन् ।

वडाडाका विभिन्न स्थानमा असमान विकास निर्माणका काम रोक्ने उनको योजना छ । समान रूपमा विकास निर्माणका कार्य गर्ने योजना रहेको सुनाए ।

वडामा अहिलेसम्म भ्रष्टाचार भएको सुनिएकोले आर्थिक अपराधका विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी भ्रष्टाचारमुक्त वडा निर्माण गर्न योजना छ उनको ।

वडामा परिवर्तनको खाँचो बढी देखिएकाले आफुले उम्मेदवारी दिएको बताए । नेपाली कांग्रेसका तर्फबाट २०५४ सालको स्थानीय निर्वाचनमा विजय हासिल गरेका उनी सोही कार्यकालको मूल्याङ्कन वडावासीले गर्नेमा आशावादी छन् ‘मेरो आवश्यकता पनि प्रष्ट देखिएको छ ।’ उनले भने ।

अहिले वडामा फोहोरमैलाको व्यवस्थापन सही रूपमा नगरिएकोले आउँदो कार्यकालमा फोहोर व्यवस्थापन विशेष वैज्ञानिक ढंगले गर्ने योजना छ उनको ।

वडा अध्यक्षको हैसियतमा पाउने पारिश्रमिक र भत्ता नलिई सो रकम विपन्न तथा गरीब वर्गको स्वास्थ्य र शिक्षाको लागि कोष खडा गर्ने कार्यमा लगाउने योजना पनि छ उनको ।

तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको छत्रकोट र सत्यवतीमा एमाले विजयी