चुरे मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले रोकेका छन् ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा निर्वाचन आचारसंहिता विपरित बाड्न लैजाँदै गरेको खानेपानीको पाईप स्थानीयले रोकेका हुन् । बुधबार दिउँसो बकैया ७ को हर्दा हुँदै माथिल्लो विकट गाउँमा मतदातालाई प्रभावित पार्ने उदेश्यले खानेपानीको पाईप बाड्न लैजाँदै गरेको अवस्थामा एमालेबाट बकैया ७ का उम्मेद्वार सहित स्थानीयले रोकेका हुन् ।
बा ११ च ७९११ नंबरको पिकअप भ्यानमा लैजाँदै गरेको ३ क्वाईल खानेपानीको कालो पाईप नेपाली कांग्रेसले बाड्न लागेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय र सवारी चालकबीच विवाद भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
भ्यान चालकले पाईप सडकमै झारेर फर्किएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । घटनास्थल नजिकै मतदान स्थल बुथ रहेको र बुथ छोड्न नमिल्ने भन्दै प्रहरीले खानेपानीको पाईप सोही स्थानीमा छोडेको बताए ।
उक्त खानेपानीको पाईप हालसम्म पनि सोही ठाउँमा अलपत्र रहेको र कसैले पनि जिम्मेवारी लिन नआएको बताईएको छ । यस’bout थप अनुसन्धान हुन बाकी रहेको प्रवक्ता कार्कीले बताए ।