बैतडीको सुर्नया १ मा एमाले र शिवनाथ १ मा कांग्रेस प्यानल सहित विजयी


बैतडी । बैतडीको सुर्नया गाउँपालिका १ म नेकपा एमाले बिजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धन बहादुर चन्दसहित प्यानलै बिजयी भएका हुन् ।

एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर बिजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा दिलाराम कोली, अर्जुन बहादुर चन्द, सिता ढोली र अनिता चन्द बिजयी भएका छन् ।

जिल्लाको शिवनाथ गाउँपालिका वडा न. १को अध्यक्षमा नेपाली कांग्रेसका बल्देब सिंह चाड प्यानल सहित विजयी भएका छन् ।
चाड ७०० मत प्राप्त गर्दै विजयी भएका हुन् भने, उनका निकटतम् प्रतिद्धन्दी नेकपा (एमाले) उम्मेदवार देवसिंह साउदले ४७० मत प्राप्त गरेका छन् ।

उक्त वडाबाट पालिका अध्यक्ष, उपाध्यक्षमा सत्ता साझेदार गठबन्धनका उम्मेदवार अगाडी देखिएका छन् । पालिका अध्यक्षमा कांग्रेसका कर्णसिंह साउदले ६सय ४१मत प्राप्त गरेकाछन् भने, एमालेका उम्मेदवार हजारीसिंह साउदले ५सय ६ मत ल्याएकाछन् ।

उपाध्इक्षमा माओवादीका उम्मेदवार नरेन्द्र सिंह साउदले ५१४ मत ल्याएर अग्र स्थानमा छन् भने, नेकपा एमालेका सकुन्तला साउदले ४७१मत प्राप्त गरेकाछन् । अहिले वडा न. २को मतगणना जारी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी