बालेन शाह किन पुगे भक्तपुर ?


भक्तपुर । काठमाण्डाैं महानगरपालिकाका मेयरका उम्मेदबार बालेन शाह भक्तपुर आइपुगेका छन् । उनी भक्तपुर नगरपालिका-२ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका हुन् ।

उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन् । यही कारण उनी भक्तपुर आएका हुनसक्ने अनुमान गरिएको छ । आफू काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरमा जस्तो काम गर्ने उनले बताउँदै आएका छन् । बालेन भक्तपुर पुगेपछि उनीसँंग सेल्फी खिच्नेहरूको भिड लागेको थियो ।

यस क्रममा शाहले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंका कान्छो भाई एवं उक्त पार्टीबाट भक्तपुर नगरपालिका-५ का वडा अध्यक्षका उम्मेदवार योगेन्द्रमा बिजुक्छेका साथै भक्तपुर नगरपालिका-५ मा नेपाल मजदुर किसान पार्टीबाट विजयी वडा अध्यक्ष प्रेमगोपाल कर्माचायसँंग भेटघाट पनि गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 1,250 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवा, पौडेल र नेपालको जिल्लामै भएन तालमेल