पाँचथरमा २ वटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित


पाँचथर । जिल्लाको ८ पालिकाका ६० वडामध्ये १४ वटा वडाको परिणाम आउँदा २ वटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

फालेलुङ–१, मा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार सन्तोष गुरागाईं ३५९ मत सहित बिजयी बनेका हुन् । उनले गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार, नेकपा (एकिकृत समाजवादी) का श्रीप्रसाद जबेगुलाई ४० मतले पछि पार्दै वडा अध्यक्ष विर्नाचित भएका हुन् ।

त्यस्तै मिक्लाजुङ गाउँपालिका–१, मा पनि स्वतन्त्र उम्मेदवार घनेन्द्र आङदेम्बे वडा अध्यक्ष निर्वाचित भएका छन् । उनले गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार, नेकपा (माओवादी केन्द्र) का विष्णु राईलाई ३१ मतले पराजीत गरेका हुन् । आङ्देम्बेले ४६८ मत पाउँदा राईले ४३७ मत मात्र पाए ।

जिल्लामा अन्य वडा अध्यक्ष निर्वाचित हुनेमा याङ्वरक–१, राजेन्द्र खालिङ (नेकपा एमाले), हिलिहाङ–१, सन्तोष लिङ्देन (गठबन्धन, नेपाली कांग्रेस), हिलिहाङ–२, भीम हेम्ब्या (नेकपा एमाले), हिलिहा–३, बीरेन्द्र कुमार योङहाङ (नेकपा एमाले), फालेलुङ–८, श्रीहाङ केरुङ (गठबन्धन, नेकपा माओवादी केन्द्र) रहेका छन् ।

त्यस्तै फिदिम–१, गजाधर भट्टराई (नेकपा एमाले), फिदिम–१४, राज कुमार नेम्बाङ (गठबन्धन, नेकपा माओवादी केन्द्र), फाल्गुनन्द–१, होम प्रसाद आङदेम्बे (गठबन्धन, नेपाली कांग्रेस), फाल्गुनन्द–२, सन्तोष नेम्बाङ (गठबन्धन, नेपाली कांग्रेस) वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

यसै गरी वडा अध्यक्षमा निर्वाचित हुनेमा कुम्मायक–१, देबेन्द्र कुमार लाओती (गठबन्धन, जनता समाजवादी पार्टी), कुम्मायक–२, बालकृष्ण शेर्मा (गठबन्धन, नेकपा एस), मिक्लाजुङ–८, रामेश्वर वाजी (नेकपा एमाले) र तुम्बेवा–१, धनबहादुर कार्की गठबन्धन (नेकपा माओवादी केन्द्र) रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गत वर्ष ७० अर्बको विदेशी लगानी प्रतिबद्धता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द