खोटाङ । खोटाङको जन्तेढुङगा गाँउपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्रकी अरुणा देवी राई निर्वाचित भएका छन् ।
गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेबी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का बिजयी भएका हुन् ।
अरुणादेबीले २८८१ मत र खड्काले २८०५ मत पाएका छन् । उनीहरुका निटकतम प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५७५ मत र उपाध्यक्षका उम्मेदवार बिमला राईले २४९५ मत पाएका छन् ।
राप्रपाका भक्तबहादुर खड्काले १३ मत पाएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बिजयी भएका शंखबहादुर र बिमलालाई एमालेले पुःन दोश्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो । जन्तेढुंगा गाउँपालिकाका ६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार बिजयी भएको छ ।
जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा माओवादी केन्द्रका केदारमान राई, जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा माओवादी केन्द्रका मस्तबहादुर राई, जन्तेढुंगा गाउँपालिका–३ काहुलेमा कांग्रेसका तारामान राई विजयी भएका छन् । त्यस्तै जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा एमालेका बिदुरमान राई, जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा कांग्रेसका धनबहादुर राई र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा कांग्रेसका सागर राई वडाध्यक्षमा बिजयी भएका छन् ।
जन्तेढुङगा गाँउपालिका अध्यक्षमा निर्वाचित अरुणा राई जिल्लाकै पहिलो पालिका प्रमुख निर्वाचित हुने महिला जनप्रतिनिधि बन्न सफल भएका छन ।