केशब स्थापित र सिर्जना सिंहले पाएकाे मत जाेड्दा पनि बालेनकाे भन्दा ५० मत थाेरै


काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चार बजेसम्मको मत परिणाम सार्वजनिक गरेको हो ।

सार्वजनिक मत परिणामअनुसार बालेन शाह २८ सय २८ मतका साथ अग्र स्थानमा छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १४ सय ३८ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १३ सय ४० पाएकी छिन् । स्थापित र सिंहले पाएकाे मत जाेड्दा २ हजार ७ सय ७८ हुन्छ । याे भनेकाे दुई जनाकाे जाेड्दा पनि बालेनकाे भन्दा ५० मत कम हुन्छ ।

त्यस्तै, उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले २८ सय ८४ मत पाएकी छिन् । उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले आठ सय २३ मत ल्याएका छन् । अहिले ६ वटा ठाउँबाट मत गणना भइरहेको छ ।

मेयरतर्फ अन्यमा कलम १२, तराजु ४२, हलो २७६, खड्ग ५, सुगा १, तीर ७ , साँचो १, किताब ४, मकैको घोगो १, पुतली १, रिक्सा १, आँखीझ्यालले २७७ मत पाएका छन् ।

उपमेयरतर्फ छाता १, तराजु १२९, हलो ६७०, मादल १, हसिया र तारा ४, चक्का (पाग्रों) २, कमलको फुल ३, मुटु २, खड्ग १, लौरो ३३७, क्याप १९ र आखिझ्यालले २९६ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 479 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको चन्द्रनगरमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित