सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)


सर्लाही । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीमा शुक्रबार राति देखि नै मतगणना सुरु भएको थियो । जसमा आइतबार साँझसम्म ३९ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जिल्लाका विभिन्न पालिकाहरुबाट प्राप्त विवरण अनुसार हालसम्म नेपाली काँग्रेसले सबैभन्दा धेरै वडाहरुमा विजय हासिल गरेको छ । काँग्रेसले अधिकांश पालिकाहरुमा मेयर उपमेयरमा पनि अग्रता लिईरहेको छ । काँग्रेसले हरिपूर्वा, चन्द्रनगर, लालबन्दी, मलंगवा, पर्सा, ब्रह्मपुरी लगायतका पालिकाहरुमा मेयर उपमेयरमा अग्रता गरिरहेको हो ।

काँग्रेसले मलंगवा नगरपालिका १ बाट खाता खोलेको हो भने त्यसपछि पर्सा १, हरिपूर्वा १ हुँदै हालसम्म १५ वटा वडामा विजय हासिल गरेको छ । त्यस्तै लालबन्दी नगरपालिकाको ३ र ४, हरिवन नगरपालिकाको १, २ र ४, हरिपूर्वा नगरपालिकाको ४, धनकौल गाउँपालिकाको १ र २, ब्रह्मपुरी गाउँपालिकाको ६, बलरा नगरपालिकाको १, चन्द्रनगर गाउँपालिकाको १ र २ र रामनगर गाउँपालिकाको ७ मा नेपाली कांग्रेसका उम्मेदवारहरु वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरी जिल्लाका विभिन्न पालिकाका नौ वटा वडामा जित हासिल गर्दै नेकपा माओवादी केन्द्र दोश्रो स्थानमा छ । माओवादी केन्द्रले बागमती नगरपालिकाको १ र २, बलरा नगरपालिकाको १० र ११, चक्रघट्टा गाउँपालिकाको १, रामनगर गाउँपालिकाको १, हरिपुर नगरपालिकाको १ र गोडैता नगरपालिकाको १ र लालबन्दी नगरपालिकाको १ मा विजय हासिल गरेको छ ।

त्यस्तै नेकपा एमालेले जिल्लाका विभिन्न पालिकाका गरी पाँचवटा वडामा वडा अध्यक्ष जितेको छ । एमालेले मलंगवा २ बाट खाता खोलेको हो भने हरिवन नगरपालिका ३, हरिपुर नगरपालिका २, ईश्वरपुर नगरपालिका १, र धनकौल गाउँपालिका ३ मा जितेको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समान तीन÷तीन ओटा वडामा जित हासिल गरेका छन् । एकीकृत समाजवादीले हरिपुर नगरपालिका ८ र ९ तथा पर्सा गाउँपालिका २ मा जित निकोलेको छ भने जनता समाजवादी पार्टीले हरिपूर्वा नगरपालिका ३, विष्णु गाउँपालिका ८ र बसबरिया गाउँपालिका १ मा जित निकालेको छ ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने गोडैता नगरपालिका १२, हरिपूर्वा नगरपालिका २ र विष्णु गाउँपालिकाको १ मा जित निकालेको छ ।सर्लाहीमा २० पालिकामध्ये बरहथवा नगरपालिका बाहेक अहिले १९ ओटा पालिकाहरुमा मतगणना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
जनकपुरमा स्वतन्त्र उम्मेदवारको पल्ला भारी