मकवानपुरको इन्द्रसरोवर र भिमफेदीमा एमाले बिजयी

चुरेमकवानपुर । मकवानपुर जिल्लाको २ वटा गाउँपालिकामा एमाले बिजयी भएको छ । जिल्लाको भिमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा क्रमशः एमालेका देबकृष्ण पुडासैनी र हिदम लामा बिजयी भएका हुन् । इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । भने भिमफेदीमा एमालेका अध्यक्ष र गठबन्धनको तर्फबाट नेपाली कांग्रसको उम्मेदवार उपाध्यक्ष बिजयी भएका हुन् ।

लामाले गठवन्धन तर्फबाट माओवादीका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गरि विजयी हुँदा उनका निकटत्म प्रतिस्पर्धी स्याङ्तानले ५ हजर २ सय ९ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५ हजार ३ सय १५ मत प्राप्त गर्दा एमालेकी पार्वती रानाले ५ हजार २ सय ९९ प्राप्त गरिन । एमालेकी राना १६ मतान्तरले पराजित भएकी छन् । लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन् भने राना पनि पुर्व उपाध्यक्ष हुन् ।

यसैगरी भीमफेदीको वडा नम्बर १ को वडा अध्यक्षमा काग्रेस, २ को वडा अध्यक्षमा एमाले, ३ को वडा अध्यक्षमा माओवादी, ४ को अध्यक्षमा एमाले, ५ को वडा एमाले, ६ को वडा अध्यक्षमा काग्रेस, ७ को वडा अध्यक्षमा काग्रेस, ८ को वडा अध्यक्षमा एमाले र ९ को अध्यक्षमा एमाले विजयी भएका छन ।

इन्द्रसरोबारको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर जित हात पारे । कांग्रेसका विश्व लामा ३ हजार ४७२ मत पाएर पराजित भए । निवर्तमान अध्यक्ष समेत रहेका एकीकृत समाजवादीका जीवन लामाले ४७९ मत ल्याए । उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामाले जित हासिल गरिन् । उनले ३ हजार ७२५ मत पाइन् । कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत ल्याएर हार ब्यहोरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 448 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी