गुल्मीको छत्रकोट र सत्यवतीमा एमाले विजयी


गुल्मी । गुल्मीको छत्रकोट र सत्यवती गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । छत्रकोट गाउँपालिकामा एमालेको तर्फबाट रामप्रसाद पाण्डे छ हजार ५८६ मतसहित निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका अनन्तराम पौडेलले पाँच हजार ९४५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा एमालेकै सावित्रा ज्ञवाली छ हजार ४७२ मतसहित निर्वाचित भएकी छिन् । उनकी निकटम प्रतिद्धन्द्धी राष्ट्रिय जनमोर्चाका गुमान सिंह पुन मगरले पाँच हजार १२४ मत ल्याएका छन् । छत्रकोटमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन रहेको थियो । पालिकाका छ वटा वडामध्ये वडा नम्बर १,२ र ५ काँग्रेसले जितेको छ भने ३, ४ र ६ मा एमालेले वडाध्यक्ष जितेको छ ।

सत्यवती गाउँपालिकामा एमालेकै टिकाराम पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । उनले छ हजार २६७ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी काँग्रेसका पाँच हजार ६११ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी निरमाया पुन छ हजार २२४ मतसहित विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी तेजकुमारी थापाले पाँच हजार ५६१ मत ल्याएकी छिन् । सत्यवतीका आठवटा वडामध्ये पाँचमा एमाले, दुईमा काँग्रेस र एक वडामा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 437 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लोकतन्त्र र आन्दोलन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लुम्बिनीका सबै स्थानिय तहमा संयुक्त संयन्त्र बनाउने गठबन्धनको निर्णय (निर्णयसहित)