रुपा गाउँपालिकामा एमाले विजयी

पोखरा । कास्कीको रुपा गाउँपालिकामा नेकपा एमाले निर्वाचित भएको छ । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले विजयी हासिल गर्दै जीत रक्षा गरेको हो । २०७४ सालको चुनावमा पनि एमाले यहाँ विजयी भएको थियो ।

नेकपा एमालेका उम्मेदवार नवराज ओझा ५ हजार ७ सय ४९ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उपम्मेदवार गीमाया गुरुङलाई करिब १६ सय मतले पराजित गरेका हुन् । गीमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरिन् ।

यसैगरी, गाउँपालिका उपाध्यक्षमा लालसुव्वा गुरुङले कांग्रेसका नारायण श्रेष्ठलाई करिब १२ सय मतान्तरले पछि पार्दै पुनः निर्वाचित भएकी छन् । लालसुव्वाले ५ हजार ३ सय ३२ र नारायणले ४ हजार १ सय ५३ मत प्राप्त गरे । कुल ७ वटा वडा रहेको कास्कीको सबैभन्दा सानो पालिका रुपामा एमालेले वडा २, ३,४,५, ६ र ७ मा प्यानलसहित चुनाव जितेको छ ।

स्थानीय तह निर्वाचतअन्तर्गत रुपामा कुल १४ हजार ६ सय ७५ मतदातामध्ये १० हजार ३ सय ४४ (७०.४९ प्रशित) मत खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 305 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु