दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा धामी


दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा पुर्व पत्रकार तथा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा पुर्व पत्रकार हिरासिंह धामी विजयी भएका हुन् ।

धामी ४ हजार ३४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरेन्द्र सिंह धामी ३ हजार ३ सय २२ मत ल्याएर पराजित भएका हुन् ।

दुई दशक बढी समय पत्रकारितामा बिताएर राजनीतिमा होमिएका धामी पत्रकार महासंघ दार्चुला, बैतडी संयुक्त शाखाका संस्थापक उपाध्यक्ष समेत रहेका थिए । पराजित धामी २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन् । उनले ३ हजार ५ सय ६६ मत पाए भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३२२ मत ल्याएर पराजित भएकी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् निर्वाचन आयाेगले स्पष्टीकरण साेधेका उम्मेदवार (सूचीसहित)