गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा १० मत अन्तरले गठबन्धनबाट नेपाली काँग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार दिउँसो आएको मतपरिणामअनुसार कुँवरले चार हजार ७०७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका प्रेम केसीले चार हजार ६९७ मत ल्याएका छन् ।
उपाध्यक्षमा भने एमालेकी सरिता खड्काले जित हाँसिल गरेकी छिन् । खड्काले चार हजार ५६५ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी गठबन्धनबाटै माओवादी केन्द्रका वेगम चन्दले चार हजार २११ मत प्राप्त गरेका छन् । गाउँपालिकाका सातवटा वडामध्ये १, ३, ४, ६ र ७ वडामा काँग्रेस एवम् वडा नम्बर २ र ७ वडामा एमालेले वडाध्यक्ष जितेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 380 times, 1 visits today)